काठमाडौं– बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १६ सदस्य टोलीले सगरमाथा आरोहणका लागि अनुमति लिएको छ। पर्यटन विभागले शुक्रबार दुई टोली गरी १६ सदस्यलाई सगरमाथा आरोहणको अनुमति (परमिट) जारी गरेको हो।
यो नै सन् २०२१को बसन्त ऋतृका लागि सगरमाथ आरोहण गर्न अनुमति लिने पहिलो टोली बनेको छ। अहिलेसम्म ७ टोलीका ६१ जनाले अन्नपूर्ण, मनास्लु, नुप्से र सगरमाथा आरोहण्का लागि अनुमति लिएका छन्।
सर्वोच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आइएका थिए।
विभागका अनुसार सगरमाथा आरोहणका लागि दुई टोलीका १६ जना, नुप्से आरोहणका लागि एक टोलीमा ४ जना, अन्नपूर्ण आरोहणका लागि ३ टोलीका ४० जना र मनास्लु आरोहणका लागि १ टोलीका १ सदस्यले अनुमति लिइसकेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।