काठमाडौं- एक्कासी वायु प्रदूषण बढेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ।
विमानस्थल टावरका अनुसार अहिले भिजिबिलिटी १६ सय मिटर भन्दा बढी छ। भिएफआर उडान तथा अवतरण नभएपनि आइएफआर (उपकरणको माध्यबाट हुने उडान तथा अवरतरण) बाट उडान सुरु भएको छ।
अहिले आकाशमा होल्ड भएको नेपाल एयरलाइन्सको दिल्लीबाट आएको र हिमालय एयरलाइन्सको दमामबाट आएका जहाज ल्यान्ड भएका छन्।

विमानस्थल बन्द भएको समयमा आन्तरिकतर्फ आधा दर्जन जहाज 'डाइभर्ट' भएका थिए भने अन्तर्राष्ट्रियतर्फ क्याथे प्यासिफिक एयरलाइन्स भने 'डाइर्भट' गरेर दिल्ली पठाइएको थियो।
अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भएको टावरको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।