काठमाडाैं- थाइल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका थप ५ लाख डोज खरिद गर्ने जनाएको छ। कोरोना खोप आयतलाई बढाएर पर्यटन उद्योगलाई खुकुलो पार्न लागिएको हो।
सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बाहिरी पर्यटकहरुलाई पनि थाइल्याण्ड भ्रमणमा खुकुलो पार्ने जानकारी दिएको छ। यसका साथै अब थाइल्याण्ड जाने पर्यटकले १५ दिने क्वारेन्टाइनमा अनिर्वाय बस्न भने नपर्ने भएको छ।
कोरोना महामारी सुरु भएसँगै थाइल्याण्डले पर्यटकीय क्षेत्रबाट ठूलो मात्रामा आर्थिक क्षती व्यहोरेको थियो। कोरोना भाइरस टास्क फोर्सले शुक्रबार प्रमुख पर्यटकीयस्थल फुकेतलाई हरियो बत्ती प्रदान गरेको छ। जुलाईबाट त्यहाँ खोप लगाउन सुरु गरिने छ।
‘यदि हामीले ५० देखि ६० प्रतिशत जनसंख्यालाई कोरोना महामारीबाट निकास दिन सक्छौं भने सुरक्षित रूपमा देशको पर्यटन गतिबिधिलाई पनि सञ्चालन गर्न सक्छौं,’ वरिष्ठ स्वास्थ्य अधिकारी कियटिफम वोन्गराइजितले भने।
थाइल्यानले जुन अन्तमा खोपको अन्तिम डोज दिसक्ने जनाएको छ। यसका साथै वर्षको अन्त्यसम्ममा आधा जनसंख्या खोप दिने लक्ष्य बनाएको छ।थाइल्याण्डले एस्ट्राजेनेकाको ५ लाख डोज किन्ने छ, साथै सिनोभ्याक्स र बायोटेकको ५/५ लाख डोज किन्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थाइल्याण्डले हालसम्म विदेशी पर्यटकको प्रवेश कडाई गरेको छ। तर ९२ कोरोना संक्रमितको मृत्यु भएको छ भने २८ हजार ५ सय ७७ संक्रमित फेला परेका छन्।
‘अर्को महिनादेखि फुकट, पट्टाया, कोह सामुइ, चिआंग माई, फाहाङ्गनगा र क्रबीका सम्पुर्ण नागरिकलाई खोप दिइनेछ। यसका साथै आगन्तुकलाई सात दिनको लागि क्वारेन्टाइनमा राखिनेछ,’ थाइल्याण्डका गभर्नर युथसक सुपासोर्नले एउटा पत्रकार सम्मेलनमा भने।
सन् २०१९ मा करिब ४० करोड पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो। तर, कोरोना महामारी सुरु भएसँगै केन्द्रीय बैंकले यसवर्ष ३ लाख विदेशी पर्यटक मात्रै भित्रने अपेक्षा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।