काठमाडाैं- भारतका राष्ट्रपति रामनाथ कोविन्द अस्पताल भर्ना भएका छन्। शुक्रबार बिहान टाउको दुख्नेलगायतका समस्या देखिएपछि उनलाई दिल्लीस्थित आर्मी अस्पतालमा भर्ना गरिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार चिकित्सकहरुले उनको स्वास्थ्य जाँच गरेका छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ।
राष्ट्रपति कोविदले मार्च ३ गते आर्मी अस्पतालमै कोरोना भइरसविरुद्धको पहिलो खोप लगाएका थिए।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। ‘राष्ट्रपति रामनाथ कोविन्दका छोरासँग कुरा भएको छ र उनको स्वास्थ्य अवस्था सुधार हुने क्रममा रहेको बताएका छन्। उनलाई स्वास्थ्यलाभको कामना,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।