• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

म्यानमार : ज्यान गुमाउने ३२० पुगे, ३ हजार प्रदर्शनकारी पक्राउ

64x64
नेपाल लाइभ शुक्रबार, चैत १३, २०७७  १५:५५
1140x725

काठमाडाैं- म्यानमारमा सैन्य ‘कू’ विरुद्धकाे प्रदर्शनमा उत्रिएका थप ९ जनाकाे मृत्यु भएकाे छ। बिहीबार सेनाले याेङ्गुनस्थित थिङ्गान्ग्युन, सेगिङ क्षेत्रको खिन–यु टाउन, काचिन राज्यको मोहनिन टाउन, सान राज्यको ताङगुङ्गी सहरमा चलाएकाे गाेली लागेर उनीहरुकाे मृत्यु भएकाे हाे। 

द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार मान्डले सहरमा बिहीबार गाेली लागेर थप एक १६ वर्षे बालकको मृत्यु भएकाे छ। यसका साथ केही व्यक्ति घाइते भए। 

मंगलबार मात्रै मान्डले सहरमा बुबाकाे काखमा खेलिरहेकी ७ वर्षीय बालिकाकाे गाेली हानेर सेनाले हत्या गरेकाे थियाे। उनी जारी आन्दाेलमा ज्यान गुमाउनेमध्ये कान्छी सहिद हुन्। याेसँगै प्रदशर्नमा ज्यान गुमाउने नाबालकहरुकाे संख्या २० पुगेकाे छ। 

याेसँगै म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा मृत्यु हुनेकाे संख्या ३ सय २० पुगेकाे छ। बुधबार मात्रै २३ प्रदर्शनकारीकाे मृत्यु भएकाे एएपीपीले जनाएकाे छ।

‘हिजो विभिन्न सहरहरूमा रातिसम्म विरोध प्रदर्शन गरिएको थियो, जसमध्ये केही स्थानमा हिंस्रक रुप लियो। प्रदशर्नकारीहरुलाई गोली हानियो। केही घाइते भए र केही पक्राउ परे। मान्डलेमा एक युवक मारिए,’ एएपीपी भनेको छ।

Ncell 2
Ncell 2

यस्तै जारी प्रदर्शनमा पक्राउ पर्नेकाे संख्या पनि बढ्दाे छ। हालसम्म २९ सय ८१ जना पक्राउ गरिएकाे एएपीपीले जनाएकाे छ। यता सेनाले २४ प्रदर्शनकारीलाई अपराधी ठहर गरेकाे छ। यस्तै १०९ प्रदर्शनकारीलाई फरार अपधाराधीकाे सूचीमा राखेकाे एएपीपीले जनाएकाे छ। 

यस्तै बिहीबार सेनाले अघिल्लाे महिना पक्राउ गरेका ६०८ प्रदर्शनकारीलाई रिहा गरेकाे छ। उनीहरुलाई सैन्य कानून उल्लघंन गरेकाे आराेपमा बिभिन्न स्थानबाट पक्राउ गरिएकाे थियाे। रिहा भएपछि प्रदर्शनकारीहरूले तीन औंलाहरू पनि देखाएका थिए, जुन सेनाको विद्रोहको प्रतीक मानिएकाे छ। 

बिहीबार धेरै शहरहरुमा शान्तिपूर्ण प्रदर्शन भएका थिए। गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ठूलो जीत हासिल गरेकाे थियाे। उक्त  मतगणना पछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ सू चीसहित अधिकांश नेताहरुलाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिएकाे थियाे। त्यसयता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन जारी छ। 

म्यानमारमा भइरहेकाे सैन्य ‘कू’विरुद्ध अन्तर्राष्ट्रिय शक्ति रुष्ट बनेकाे छ। बिहीबार मात्रै अमेरिकाले बर्मेली सेनाकाे स्वामित्वका दुई कम्पनीलाई कालोसूचीमा राखेकाे छ। गत फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेयता प्रदर्शनकारीमाथि व्यापक दमन भएसँगै अमेरिकाले म्यानमारको म्यानमार इकोनोमिक कर्पोरेसन (एमईसी) र म्यानमार इकोनोमिक होल्डिङ्स (एमईएचएल)माथि प्रतिबन्ध लगाएकाे हाे।

गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ठूलो जीत हासिल गरेको थियो। उक्त मतगणना पछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ आङ साङ सू चीसहित अधिकांश नेताहरुलाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिएको थियो। त्यसयता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन जारी छ। 

यता अमेरिकालगायत पश्चिमा मुलुकले म्यानमारमाथि दबाब बढाउन प्रतिबन्ध लगाउँदै आएका छन्। अमेरिकी राष्ट्रपति जो वाइडेनले फेब्रुअरी ११ मा एक कार्यकारी आदेश जारी गरेर म्यानमार सेना र यसकाविरूद्ध नयाँ प्रतिबन्ध लगाउने बाटो खोलिदिएका थिए। उक्त आदेशले म्यानमारको केन्द्रीय बैंकले न्युयोर्क फेडरल रिजर्भमा  करिब १ अर्व अमेरिकी डलर जम्मा गरेको थियो।

सेनाले सत्ता कब्जा गरेपछि उक्त रकम म्यानमारको बैंकले फिर्ता लिन प्रयास गरेका थिए। तर, अमेरिकाले फिर्ता भने दिएन। यसअघि नै अमेरिकासँगै बेलायत, ईयू र क्यानडाले पनि म्यानमारको सेनाका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
सम्बन्धित सामग्री
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका बीबीसी संवाददाता जियार गोलका अनुसार मारिएकाहरुको संख्या दुई हजारभन्दा अधिक रहेको छ । उनले भने, ‘सरकार पहिले पनि बल प्रयोग गर्दै आएको... मंगलबार, पुस २९, २०८२
ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । सोमबार, पुस २८, २०८२
इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्