• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

म्यानमार : ज्यान गुमाउने ३२० पुगे, ३ हजार प्रदर्शनकारी पक्राउ

64x64
नेपाल लाइभ शुक्रबार, चैत १३, २०७७  १५:५५
1140x725

काठमाडाैं- म्यानमारमा सैन्य ‘कू’ विरुद्धकाे प्रदर्शनमा उत्रिएका थप ९ जनाकाे मृत्यु भएकाे छ। बिहीबार सेनाले याेङ्गुनस्थित थिङ्गान्ग्युन, सेगिङ क्षेत्रको खिन–यु टाउन, काचिन राज्यको मोहनिन टाउन, सान राज्यको ताङगुङ्गी सहरमा चलाएकाे गाेली लागेर उनीहरुकाे मृत्यु भएकाे हाे। 

द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार मान्डले सहरमा बिहीबार गाेली लागेर थप एक १६ वर्षे बालकको मृत्यु भएकाे छ। यसका साथ केही व्यक्ति घाइते भए। 

मंगलबार मात्रै मान्डले सहरमा बुबाकाे काखमा खेलिरहेकी ७ वर्षीय बालिकाकाे गाेली हानेर सेनाले हत्या गरेकाे थियाे। उनी जारी आन्दाेलमा ज्यान गुमाउनेमध्ये कान्छी सहिद हुन्। याेसँगै प्रदशर्नमा ज्यान गुमाउने नाबालकहरुकाे संख्या २० पुगेकाे छ। 

याेसँगै म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा मृत्यु हुनेकाे संख्या ३ सय २० पुगेकाे छ। बुधबार मात्रै २३ प्रदर्शनकारीकाे मृत्यु भएकाे एएपीपीले जनाएकाे छ।

‘हिजो विभिन्न सहरहरूमा रातिसम्म विरोध प्रदर्शन गरिएको थियो, जसमध्ये केही स्थानमा हिंस्रक रुप लियो। प्रदशर्नकारीहरुलाई गोली हानियो। केही घाइते भए र केही पक्राउ परे। मान्डलेमा एक युवक मारिए,’ एएपीपी भनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै जारी प्रदर्शनमा पक्राउ पर्नेकाे संख्या पनि बढ्दाे छ। हालसम्म २९ सय ८१ जना पक्राउ गरिएकाे एएपीपीले जनाएकाे छ। यता सेनाले २४ प्रदर्शनकारीलाई अपराधी ठहर गरेकाे छ। यस्तै १०९ प्रदर्शनकारीलाई फरार अपधाराधीकाे सूचीमा राखेकाे एएपीपीले जनाएकाे छ। 

यस्तै बिहीबार सेनाले अघिल्लाे महिना पक्राउ गरेका ६०८ प्रदर्शनकारीलाई रिहा गरेकाे छ। उनीहरुलाई सैन्य कानून उल्लघंन गरेकाे आराेपमा बिभिन्न स्थानबाट पक्राउ गरिएकाे थियाे। रिहा भएपछि प्रदर्शनकारीहरूले तीन औंलाहरू पनि देखाएका थिए, जुन सेनाको विद्रोहको प्रतीक मानिएकाे छ। 

बिहीबार धेरै शहरहरुमा शान्तिपूर्ण प्रदर्शन भएका थिए। गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ठूलो जीत हासिल गरेकाे थियाे। उक्त  मतगणना पछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ सू चीसहित अधिकांश नेताहरुलाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिएकाे थियाे। त्यसयता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन जारी छ। 

Xtrem
Xtrem

म्यानमारमा भइरहेकाे सैन्य ‘कू’विरुद्ध अन्तर्राष्ट्रिय शक्ति रुष्ट बनेकाे छ। बिहीबार मात्रै अमेरिकाले बर्मेली सेनाकाे स्वामित्वका दुई कम्पनीलाई कालोसूचीमा राखेकाे छ। गत फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेयता प्रदर्शनकारीमाथि व्यापक दमन भएसँगै अमेरिकाले म्यानमारको म्यानमार इकोनोमिक कर्पोरेसन (एमईसी) र म्यानमार इकोनोमिक होल्डिङ्स (एमईएचएल)माथि प्रतिबन्ध लगाएकाे हाे।

गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ठूलो जीत हासिल गरेको थियो। उक्त मतगणना पछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ आङ साङ सू चीसहित अधिकांश नेताहरुलाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिएको थियो। त्यसयता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन जारी छ। 

यता अमेरिकालगायत पश्चिमा मुलुकले म्यानमारमाथि दबाब बढाउन प्रतिबन्ध लगाउँदै आएका छन्। अमेरिकी राष्ट्रपति जो वाइडेनले फेब्रुअरी ११ मा एक कार्यकारी आदेश जारी गरेर म्यानमार सेना र यसकाविरूद्ध नयाँ प्रतिबन्ध लगाउने बाटो खोलिदिएका थिए। उक्त आदेशले म्यानमारको केन्द्रीय बैंकले न्युयोर्क फेडरल रिजर्भमा  करिब १ अर्व अमेरिकी डलर जम्मा गरेको थियो।

सेनाले सत्ता कब्जा गरेपछि उक्त रकम म्यानमारको बैंकले फिर्ता लिन प्रयास गरेका थिए। तर, अमेरिकाले फिर्ता भने दिएन। यसअघि नै अमेरिकासँगै बेलायत, ईयू र क्यानडाले पनि म्यानमारको सेनाका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्