फाइल तस्बिर
काठमाडौैं–यती एयरलाइन्सले काठमाडौं–बनारस–काठमाडौंको परीक्षण उडान सम्पन्न गरेको छ ।
दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका देशमा चार्टर\नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको यतीले अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रियाअन्तर्गत यो उडान गरेको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए।
यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तर्राष्ट्रिय उडानका लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको छ । परीक्षण उडानको प्रतिवेदनसँगै केही दिनभित्र यतीले अन्तर्राष्ट्रिय उडानको एओसी प्राप्त गर्ने बताएको छ।
एयरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेलसहितको दलले परीक्षण उडान गरेको थियो।
एटिआर–७२ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट बिहान १०ः०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाई अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौंमा अवतरण गरेको थियो।
उक्त परीक्षण उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा एयरलाइन्सका अफिसियलको सहभागिता रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।