• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अनुभूति : ल्याब लुकीडुम

64x64
नेपाल लाइभ शनिबार, जेठ ५, २०७५  ०१:५३
1140x725

‘गुडमर्निङ सर, यु आर वेलकम इन क्लास सेभेन बी।’

‘गुडमर्निङ माई डियर स्टुडेन्टस्, सिट डाउन।’

‘थ्याङ्क यु सर।’

यिनै बालसुलभ 'वेलकम'बाट दिनको सुरुवात भई 'थ्यांक यु'मा समाप्त हुन थालेको केही समय भइसकेको थियो। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नात्तकोत्तरको प्रमाणपत्र हातमा थमाइएपछि म आफूलाई खोज्न काठमाडौंमै केही समय हराउन चाहेँ।

केही स्कुलमा पढाएको अनुभवले मलाई कीर्तिपुरको ल्याबोरेटोरी हाइयर सेकेन्डरी बोर्डिङमा इन्ट्री गर्न गाह्रो भएन। ‘ट्रायल टाइम’लाई आफ्नो अनुकूल बनाइसकेपछि मैले कक्षा ७ ‘बी’को कक्षा शिक्षकको रुपमा नियुक्ति पाएँ। शिक्षकलाई देख्दा विद्यार्थी डराउनुपर्छ भन्ने मलाई कहिले लाग्दैन बरु शिक्षकलाई देख्दा त उनीहरुको असहज, अप्ठेराहरु सहज रुपमा बाहिर निस्किन सक्नुपर्छ। आँखाबाट डर होइन विश्वास, भर अनि आत्मियताको भाव प्रकट हुनुपर्छ। किनकि शिक्षण सिकाइलाई डर होइन सहजता, ममता चाहिन्छ। 

स्कुलका विद्यार्थीहरुसँग म निकै रमाइरहेको थिएँ। तर चलिआएको अभ्यास अनि परिवेशलाई सामान्य बनाउन मैले केही कसरत गर्नुपर्यो। विषयवस्तुमा समस्या भएर होइन तर त्यहाँको वातावरणसँग परिचित भई आफूलाई अभ्यस्त बनाउन।

नयाँ स्कुलमा सहजै आफूलाई ढाल्न गाह्रो हुँदो रहेछ। तर पनि आफूले शिक्षण पेसाबाट लिएको अनुभव म प्रत्येक कक्षाकोठाहरुमा प्रवेश गर्दा प्रयोग गर्दै थिएँ। यहाँका कक्षाकोठाका अशक्त होइन तर ‘डिफरेन्टली एबल’ दृष्टिविहीन विद्यार्थीहरु पनि एउटै बेन्चमा बसिरहेका थिए। यो परिस्थितिको सामना गर्दै जाँदा मभित्रको अनुभवको शिक्षक मर्दै गयो, नयाँ शिक्षकले भ्रुण हाल्न थाल्यो।

अबका दिनहरुमा मैले एउटै बोली र व्यवहारबाट दुई फरक धारका काँचो माटोलाई एउटा निश्चित आकार दिने बाटोमा डोहोर्याउनुपर्नेछ। ‘डिफरेन्टली एबल’ विद्यार्थीहरुलाई म कक्षामा भएको आभास आवाजले मात्र होइन माया, प्रेम, जाँगर र उत्साहले समेत गराउनु थियो। उनीहरुको मनोविज्ञान र सिक्ने चाहना बुझेरै म सुरुका दिनदेखि नै सजग थिएँ। बिस्तारै मैले भुल्न पुगेछु कि यहाँ दृष्टिविहीन विद्यार्थी पनि छन्! मेरो यो सोच र उनीहरुप्रतिको बेवास्ता होइन कि उनीहरुले नै मलाई त्यो महसुस गराउन दिएनन्। आफू हरेक कुरामा अब्बल भएको पुष्टि उनीहरुका हरेक क्रियाकलापहरुले गरिरहेका हुन्थे। जहाँ कुनै थप व्यवहार र सहयोगको आवश्यकता नै थिएन। थियो त केवल एउटा शिक्षकको प्रेम।

Ncell 2
Ncell 2
nimb
nimb

कक्षाकोठामा ‘सुपरशिक्षक’को आवश्यकता नै थिएन। नियमित शिक्षण सिकाइ कार्यका साथसाथै ‘एक्ट्रा करिकुलम’ क्रियाकलापहरु गायन, कथा, कवितावाचन चुट्किला वा खेलकुद सबैमा पनि उनीहरु नै अब्बल थिए। 

‘कन्फेसन’ प्रोग्रामको एक प्रतियोगी हुने हो भने निश्चित प्लानबिना कक्षाकोठामा छिर्ने शिक्षकहरुको लाममा म पनि एक हुन्छु। तर विद्यार्थीहरुको मनोविज्ञानलाई पढेर विषयवस्तुमा सोझै प्रवेश गर्ने, विषयलाई अझै दोहोर्याउनुपर्ने कक्षाकोठालाई मनोरन्जनात्मक बनाउने भन्ने कुरामा चाहिँ तत्काल निर्णय लिन सक्थेँ म। प्रत्येक विद्यार्थीहरुको आत्मीयता र ऊर्जाशील आवाजले मलाई पाठ्यक्रमको विषयवस्तुमा प्रवेश गर्न प्रेरणा दिन्थ्यो। जीवनमा ज्ञान, शिक्षा, स्वास्थ्य, सम्पत्ति वा अरु केही पनि आर्जन गर्न त्यसमा खुसी मिसिएको हुनुपर्छ। त्यो खुसीलाई महसुस गरेर मात्र म आफ्नो हरेक कामका अगाडि बढ्ने सोच राख्छु।
… 
उही समय। उही सम्बोधन। दैनिकी पनि उही। तर बिस्तारै कक्षाकोठामा केही अभाव र असहज भएको महसुस गर्न थालेँ। कक्षा शिक्षकको नाताले पनि मैले यस असहजतालाई निराकरण गर्नु आवश्यक थियो। 

आश्विन एक सिर्जनशील र अनुशासित दृष्टिविहीन विद्यार्थी। आफ्नो स्वास्थ्य समस्याले लामो समय स्कुल आउन नसकेकोले गर्दा आगामी परीक्षा राम्रो गर्न नसक्ने कुराले चिन्तित थियो ऊ। उसले कुनै कुरा व्यक्त गरेको थिएन, तर एउटा शिक्षकले चेहरा पढेरै उसको चिन्ता बुझ्न सक्थ्यो। 

उसलाई आश्वस्त पार्नका लागि पनि केही उपाय लगाउनैपर्ने भयो। ‘आज हामी नपढ्ने। एउटा खेल खेल्ने है,’ मैले ‘खेल’ शब्द उच्चारण गर्नेबित्तिकै केही विद्यार्थी आतंकित महसुस गर्न पुग्थे किनकि मेरा खेल अलि बढी सिर्जनशील हुन्थे। त्यो सिर्जनशीलतामा उनीहरुले पूर्ण शारीरिक स्वच्छन्दता पाउँदैन थिए कि!

Xtrem

Xtrem

त्यस दिन भने म पूर्ण रुपमा एक खेल नै खेलाउने योजनामा थिएँ। लुकीडुम, त्यो पनि दृष्टिविहीन विद्यार्थीहरुका लागि मात्र। 

मेरो कुरा सुनेर उनीहरु सबै अलमल्ल परे। सोचे होलान्, दृष्टिविहीनले कसरी खेल्ने लुकीडुम। तर आश्विन र जलदीप भने तयार भईवरी आफ्ने बेन्चबाट उठिसकेका थिए। उनीहरुको यो साहस र हिम्मतलाई भने भित्रभित्रै झुकेर स्वागत गर्दै थिएँ म। ‘अशक्तहरुलाई दया होइन अवसरको खाँचो छ’ दिमागमा कतै आवाज तरंगित हुँदै थियो। 

कक्षाकोठामै खेल सुरु भयो। जसअनुसार आश्विन लुक्नुपर्ने अनि जलदीपले भेट्टाउनुपर्ने। आश्विन केटी साथीहरुको बेन्चमुनि पसेर आफूलाई सुरक्षित गर्दै थियो भने जलदीप ढोकाको वरिपरि उसलाई खोजिरहँदा अन्य साथीहरुले भने हाँसो रोक्न सकेनन्। केही साथीहरु जलदीपलाई आश्विन लुकेको ठाउँ संकेत गर्दै थिए भने  आश्विन लुकेको बेन्चका केटीहरु रातोपिरो हुँदै अर्कै बेन्चको साथीसँग पुगिसकेका थिए। 

‘वीन-वीन’ पोजिसनमा खेल सकियो, स्कुलको घन्टीसँगै। सबै आ-आफ्नो ठाँउमा पुगिसकेका थिए। कोही भन्दै थिए, ‘जलदीपले मलाई आश्विन भनेर झन्डै समातेको। 

उनीहरुलाई ‘टेक केयर भन्दै म बाहिर निस्किँदै थिएँ, मनमा लाग्यो, यी बच्चाहरुलाई फेरि एकपटक हेरुँ अनि अँगालोमा कसिलो गरी बाँधिरहूँ। 

'दीपक सर, आज साँच्चै मज्जा आयो,' एक परिचित आवाज मेरो कानमा ठोक्कियो। 

'हामीले खेल्ने कुनै पनि खेलमा यति रमाइलो भएको थिएन। आजसम्म यति खुसी भएर कुनै खेल खेलिएको थिएन,' त्यही आवाज अलि मधुर हुँदै गयो, 'हामीलाई सधैं यसरी नै माया गरिरहनुहोस् ल सर।' 

‘गो टु योर् क्लास’ भन्दै म अगाडि बढिरहेँ। दिमागमा घुम्दै थियो, ‘साँच्चै, दृष्टिविहीनहरुलाई एक इन्द्रियको कमी भएको होइन बरु अरु चार इन्द्रियहरुलाई पूर्णता दिँदा एउटा चाहिँ भावीले ईर्ष्याले नदिएका…

प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ०१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देशभर आंशिक बदली, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना बुधबार, असोज १४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज १४, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै बुधबार, असोज १४, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्