काठमाडाैं- बंगलादेशको एक अदालतले प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने याेजना बनाएका १४ आतंकवादीलाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।
ढाका र्यापिड सुनुवाई न्यायाधिकरणका न्यायाधीश अबु जफर मोहम्मद कमरजुजामानले मंगलबार फैसला सुनाएका हुन्। फस्ट पाेष्टका अनुसार मृत्युदण्ड सुनाइएकाहरु प्रतिबन्धित हरकत-उल-जिहाद- अल- स्लामिक बंगलादेश (हूजी-बी) का सदस्य हुन्।
फैसलाका क्रममा १४ मध्ये नौ जना अदालतमा उपस्थित थिए। बाँकी पाँच जना अपराधी फरार छन्। फरार रहेकालाई पक्राउ गरिएपछि मृत्युदण्ड दिइने समाचारमा उल्लेख छ।
सन् २००० जुलाई २१ मा दक्षिण पश्चिम गोपालगन्जको कोटलीपाडामा हसिनाले एक चुनावी सभालाई सम्बोधन गर्ने स्थानमा हूजी-बी आतंककारीहरूले ७९ किलोग्रामकाे बम जमिनमा राखेका थिए। तर, सुरक्षा एजेन्सीहरूले प्रधानमन्त्री हसिनाको हेलिकप्टर अवतरण गर्नु अघि नै पत्ता लगाएका थिए।
यस अगाडि प्रहरीले अब्दुल हन्नान घटनाकाे मास्टर माइन्ड रहेकाे दावी गरेकाे थियाे। तर, उनको नाम यस मुद्दाको सुनुवाइको समयमा हटाइएकाे छ।
अनुसन्धानकाे क्रममा हूजी- बीका नेता मुफ्ती हन्नान यस घटनाको मुख्य योजनाकार रहेकाे पत्ता लागेकाे थियाे। तर, बंगलादेशी मूलका तत्कालीन ब्रिटिश उच्चायुक्तको हत्या गर्ने प्रयासको आरोपमा हन्नानलाई सन् २०१७ मा मृत्युदण्ड दिइएकाे थियाे।
यता त्यही समय २५ जनालाई दोषी ठहरिए गरिएकाे थियाे। ती मध्ये ९ जनालाई २०-२० वर्ष कैद र २०–२० हजार जरिवाना गरिएकाे थियाे। यस मुद्दामा एकै साथ चार जनालाई मृत्युदण्ड दिइसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।