काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले पाँचौ ब्याचको तालिम सञ्चालन गर्न लागेको जानकारी दिएको छ।
चन्द्रागिरिस्थित कम्पनीको तालिम केन्द्रमा सञ्चालन हुने तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरूलाई रोजगारीका अवसरहरूमा प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ।
तालिममा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जनालाई सहभागी गराइने छ। यसका लागि अटोमोबाइल विषयमा टिएसएलसी वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाइल विषयमा लेभल१ उत्तीर्ण गरेको हुनुपर्ने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।