काठमाडौं– पर्यटन विभागले कामिरिता शेर्पालाई पहिलोपटक माउन्टेन गाइट (पर्वतीय पथ प्रदर्शक) लाइसेन्स दिएको छ।
पर्यटन ऐन २०३५ तथा पर्वतारोहण सम्बन्धि नियमावली २०५९ बमोजिम पर्यटन सेवा प्रभाव निर्देशिका २०७० को बुँदा ५७ को ‘क’ अनुसार उनलाई माउन्टेन गाइड लाइसेन्स दिइएको विभागकी निर्देशिका मिरा आर्चायले जानकारी दिइन्।
विभागले कानून बनेपछि पहिलोपटक ०००१ नम्बरको गाइड लाइसेन्स जारी गरेको हो। तर, यसअघि पनि विभिन्न तबरबाट माउन्टेन गाइड लाइसेन्स जारी भएपनि काननूले तोकेअनुसार जारी भएको लाइन्सेस शेर्पाको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।