काठमाडाैं- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीपक्षले आफूहरुलाई स्पष्टीकरण सोध्नुको तुक नभएको बताएका छन्।
एमालेको माधवकुमार नेपालपक्षीय अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता रावलले विधान मिच्दै निर्णय गर्ने ओलीले उल्टै जवाफ दिनुपर्ने बताए। विधानमा हुँदै नभएको महाधिवेशन आयोजिक कमिटी गठन गर्ने अधिकार ओलीलाई कहाँबाट आयो? भनी उनले प्रश्न गरेका छन्।
नवौं महाधिवेशनबाट पारित विधानमा बढीमा १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्थाविपरीत मनोनीत गरिएको उनले दाबी गरे। ‘विधान लत्याउने ओलीले हामीलाई कुन आधारमा प्रष्टीकरण सोध्ने?,’ प्रधानमन्त्रीलाई रावलले प्रश्न गरे।
विधान संशोधन कुन आधारमा गरिएको, त्यसको जवाफ ओलीले दिनुपर्ने रावलको भनाइ छ। ओलीपक्षले फागुन २८ मा गरेको निर्णयले पार्टीमा विभाजनको रेखा कोरेको उनले प्रस्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।