काठमाडाैं–रङहरुको पर्व मानिने फागू पूर्णिमा नजिकिएसँगै यसैलाई मध्यनजर गर्दै बनाएका म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ।
एकै दिनमा चारओटासम्म म्युजिम भिडियो सार्वजनिक भइरहेका छन्। होलीका गीत पनि त्यही अनुपातमा बाहिरिइरहेको छ।
यही म्युजिक भिडियोको हुलमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको ह्याप्पी होली बोलको गीत पनि सार्वजनिक भएको छ।
गीतको शब्द लेख्ने काम पनि गायिका सारिकाले नै गरेकी हुन्। गीतमा संगीत भने गायक योगेश काजीकै रहेकाे छ।
भिडियोको कोरियोग्राफी तथा निर्देशन भने शिव विकले गरेका हुन्।
भिडियोमा गायक योगेश काजी तथा सुवास श्रेष्ठका साथमा दुर्गेश थापा र लोसिना लामिछानेले काम गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।