काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधा पुर्याउने रिठ्ठेपानी डाँडाका रुख कटानीका साथै पोल हटाउन अनुमति दिइएको छ।
वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले विमानस्थलको सञ्चालमा अवरोध पुराउने रुख कटानीका लागि अनुमति दिएको हो।
मन्त्रिपरिषदको बैठकले रिठ्ठेपानी डाँडामा रहेका हवाई सुरक्षामा जोखिम तथा अवरोध खडा गर्ने रुख कटानीका लागि स्वीकृति दिएको हो।
यसअघि संसदीय समितिले कास्कीको रिठ्ठेपानी डाँडाका रुख ६ महिनाभित्र कटान गर्ने अनुमति दिन सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थन सञ्चालनमा आउनुपूर्व डाँडाका रुख कटान गरिसक्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका थियो।
अहिले विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगको छ। भौतिक संरचनाको काम सकेर फिनिसिङको काम सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।