काठमाडौं- नेपालका लागि फोटोन मोटरको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले ललितपुरको बालकुमारीमा सोरुम खोलेको छ। आइतबार सोरुमलाई फोटन मोटर नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलमा ‘लाइभ’ गरी भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो।
एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णुकुमार अग्रवालले देशका १२ सहरमा सर्भिस सेन्टर खोल्ने योजना रहेको समेत बताएका छन्। ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न आधुनिक सोरुम स्थापना गरेको बताए। 'ग्राहक हाम्रो पहिलो प्राथमिकतामा छन्। ग्राहकको आत्मविश्वास बढाउन र उत्कृष्ट सेवा प्रदान गर्न हामीले यो आधुनिक सोरुम स्थापना गरेका हौं,’ एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष अग्रवालले भने।
'हामीले केही महिनाभित्रै २० हजार वर्ग फिटमा फैलिएको नयाँ स्टेट–अफ–आर्ट सर्भिस फेसिलिटी पनि निर्माण गर्दैछौं। इटहरी, नेपालगञ्ज र बुटवलमा सर्भिस तथा स्पेयर्स सेन्टर खोल्दैछौं। यसका साथै ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिनका लागि देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरको स्थापना गर्दैछौं,’ अग्रवालले थपे।
फोटन चिनियाँ कमर्सियल भेहिकल ब्रान्ड हो। सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट बिक्री भएको फोटनले जनाएको छ। एक सय १० देशमा उपलब्ध फोटोनका पिकअप र भ्यान नेपालमा एमएडब्लू वृद्धिले बिक्रीवितरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।