काठमाडौं– आगामी जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ९५ (२) मा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था अनुसार सम्बोधन गर्न लागेकी हुन्।
मन्त्रिपरिषद्को वैशाख ३१ को बैठकले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो। बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ।
राष्ट्रपतिले सम्बोधन गर्नेबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र राष्ट्रियसभाका अध्यक्षले पढेर सुनाएका थिए।
जेठ ७ का लागि प्रतिनिधि र राष्ट्रियसभाका सदस्यहरुलाई तोकिएको पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।