काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा रहेको एयरलाइन्स कम्पनीसँग कार्गो ढुवानीको दररेट मागेका छ।
प्राधिकरणले एयरलाइन्स कम्पनीसँगै कार्गो जिएसए र सिएसएसँग पनि ढुवानी दररेट मागेको हाे। कार्गाे व्यवसायमा रहेकाले दररेट उपलब्ध नगराई मनोमानी ढंगबाट रकम असुली गरेको गुनासो आएपछि प्राधिकरणले दररेट मागेको हो।
‘कार्गो ढुवानी दररेट उपलब्ध नगराई मनोमानी रुपमा कार्गो शूल्क असुल उपर भइरहेको कार्यबाट कार्गो व्यवसायमा रहेको सवएजेन्ट तथा आयात तथा निर्यात कर्ता तथा प्रत्यक्ष सरोकार राख्ने आम नागरिलाई समेत असर परेको भन्ने गुनासो सुनिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘ एओसीमा आबद्ध अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले के कति शूल्कमा कार्गो ढुवानी गर्ने हो? सो को शूल्क निर्धारण यथाशिघ्र गरी कार्गो ढुवानी दररेट उपलब्ध गराई ढुवान गर्ने र गराउन काम गर्न हुन अनुरोध गरिन्छ।’
सो अनुसार कार्य नगरेमा कानुन अनुसार कारबाही हुने प्राधिकरणले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।