• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

फिल्ममा जस्तै कतिखेर 'ट्विस्ट' आउँछ भन्‍ने थाहा नहुँदा नै जिन्दगी रोचक छ : प्रशान्त ताम्राकार [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, चैत ९, २०७७  ०६:४६
1140x725
प्रशान्त ताम्राकार। तस्वीर: निमेषजंग राई/नेपाललाइभ

फेसन कोरियोग्राफर, मोडल तथा कलाकार। नेपाली कलाक्षेत्रमा यी तीनवटै परिचयमा स्थापित छन् प्रशान्त ताम्राकार। उनी नेपाली फेसन क्षेत्रका सुरुआती मोडल हुन्। फेसन मोडलिङका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार भ्रमणकै क्रममा उनले कोरियोग्राफी सिके। त्यसले उनलाई फेसन क्षेत्रमा उल्लेख्य सफलता दिलायो। त्यसैले त निरन्तर छ उनको यात्रा। यो क्षेत्रमा तीन दशक बिताइसके।

फेसनसँगै चलचित्र क्षेत्रमा पनि जोडिन अइपुगे प्रशान्त। हलिउड फिल्म 'टाटा बाइबाइ'बाट डेब्यू गरेका उनी 'ऐश्वर्या' फिल्मको राघवबाट 'कूख्यात' खलनायकको रुपमा प्रस्तुत भए। उनको त्यो रुपलाई दर्शकले खुब मन पराए। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउन सकिएलगत्तै उनले भोजपुरी फिल्मको छायाङ्‍कन सकाएका छन्।

उनै कलाकार, फेसन कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारसँग नेपाललाइभका लागि पुष्पा थपलियाले गरेको कुराकानीको सारसंक्षेप: 

कोभिड-१९ ले गर्दा झन्डै एक वर्ष ठप्प बनाएपछि कला क्षेत्रमा चहलपहल सुरु भएको छ। पुरानो लयमा फर्किनसकेको भएपनि सबैको व्यस्तता बढ्दै गएको देखिन्छ।तपाईंचाहिँ यतिबेला केमा व्यस्त हुनुहुन्छ?
हो, कोभिडले लामो समय सबै ठप्प बनायो। अहिले विस्तारै सबैको दौडधुप सुरु भएको छ। लकडाउनले जागिर गुमाएकाहरू कामको खोजीमा छन्। त्यही क्रममा म पनि मेरै फिल्डको नयाँ र रोकिएका काममा व्यस्त छु। नेपाली चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउने भन्‍ने छलफल र प्रयासमा लागेको छु। व्यावसायिक रूपमा ठप्प भएको यस क्षेत्रलाई कसरी अगाडि बढाउने भन्‍ने नै मुख्य ध्येय हो यतिबेला।

चलचित्र क्षेत्रलाई चलायमान बनाउने ध्येय छ भन्‍नुभयो, अहिलेसम्म के-कस्तो निचोड निस्कियो त?
अहिलेको अवस्थामा चलचित्र क्षेत्रका मानिसहरुलाई कसरी जीविकोपार्जन गर्न सक्ने बनाउने भन्‍ने नै हो। किनभने चलचित्र क्षेत्र पूर्णरूपमा ठप्प हुँदा र व्यवसाय बन्द हुँदा हजारौँको रोजीरोटी बन्द भएको छ। कुनै पनि नयाँ सिनेमा हलमा लगाउने र चुनौती मोल्ने काम ठूला ब्यानरले गरेका छैनन्। प्रदर्शन मिति तोकिने काम भने जारी छ।

एउटा कलाकारले चलचित्र क्षेत्र चलायमान बनाउन कस्तो योगदान गर्न सक्ला?
हामी कलाकारको एउटै ध्येय हुन्छ, निर्माताको लगानी कहिल्यै नडुबोस्। उनीहरूले लगानी उठाउन सकेमात्रै अरु फिल्म बन्‍ने हो। र, हामी सबैले काम पाउने हो। अहिले कोभिडले थला परेको बेलामा पनि चलचित्र क्षेत्र चलायमान बनाउन हामी कलाकारले गर्ने भनेको फिल्ममा राम्रो अभिनय नै हो। त्योबाहेक पनि केही आवश्यक परे हामी हरेक कोणबाट यस क्षेत्र चलायमान बनाउन हरदम सहयोग गरिरहनेछौं।

जस्तोसुकै महामारी आए पनि सबैभन्दा अगाडि र लामो समयसम्म चलचित्र क्षेत्रमा प्रभाव पर्ने देखियो। यस्तो छिट्टै प्रभावित हुने यो क्षेत्रमा नयाँ कलाकार आउलान् त?
गाह्रो केमा हुँदैन? सबै काम गर्न गाह्रो हुन्छ। त्यसैले हरेक क्षेत्रमा चुनौती मोल्न जरुरी छ। अरु त छाडाैं न, खाना खानसमेत कति गाह्रो छ? पहिले पकाउनुपर्‍यो, पस्कनुपर्‍यो र हातले टिपेर खानुपर्‍यो। खाइसकेपछि पनि तातो, पिरो नुनिलोले पार्ने असर झेल्नुपर्ने नै भयो। यसो भन्दैमा हामीले खान छाडेका छौं र? छैनौं नि! जुनसुकै काम गर्न गाह्रो छ।

Ncell 2
Ncell 2
nimb
nimb

जीवन साँच्चै रोचक छ। भोलि के हुन्छ केही थाहा हुँदैन। जिन्दगीमा पनि फिल्ममा जस्तै कतिखेर ट्विस्ट आउँछ थाहा नभएरै यो रोचक भएको हो।

 

अनि अर्को कुरा, जहाँ पनि राम्रो र नराम्रो अवस्था आउँछ नै। दुवैलाई सम्हालेर अगाडि बढ्नुपर्छ। नयाँ पुस्ताका कुरा गर्दा, आफूमा ट्यालेन्ट (प्रतिभा) छ, रुचि छ भने जतिसुकै भविष्य असुरक्षित भए पनि असम्भव केही छैन। जीवन साँच्चै रोचक छ। आज के भइरहेको छ र भोलि के हुन्छ केही थाहा हुँदैन। जिन्दगीमा पनि फिल्ममा जस्तै कतिखेर ट्विस्ट आउँछ थाहा नभएरै यो रोचक भएको हो। यत्ति कुरा बुझे नयाँ पुस्तालाई सधैँ यो क्षेत्रमा स्वागत छ।

नयाँ पुस्तालाई त स्वागत छ, तर हलमा दर्शकलाई स्वागत गर्ने अवस्था कत्तिको छ?
अहिलेको अवस्थामा सबैभन्दा सुरक्षित गन्तव्य भनेकै हल हो। हलमा छिर्नुअघि प्रयोग गरिएका सुरक्षाकवचहरू मात्रै हैन, कोभिड नसरोस् भन्‍नका लागि हरेक सोपछि स्यानिटाइज गरिन्छ। त्यसैले दर्शकले हलमा आएर फिल्म हेर्न डराउनुपर्दैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हलदेखि नडराए पनि नेपाली फिल्मदेखि डराइरहेका छन् नि?
त्यो त दर्शकको दिमागमा भरपर्ने कुरा हो। कुनै व्यक्तिलाई मन परेको फिल्म अर्कोलाई मन नपर्न सक्छ। त्यही भएर फिल्म हेर्न जानुअघि आफूलाई मनपर्ने विधामा बनेको हो कि हैन, कुन कलाकारको अभिनय छ जस्ता हल्का जानकारी लिएर दर्शक हलमा जाने हो। हल सुरक्षित छ, दर्शकको भावना, रुचिको सुरक्षा स्वयं दर्शकले नै गर्ने हो।

फेसनको 'राजा', फेसनको 'गडफादर'जस्ता उपनाम पनि दिन्छन् तपाईंलाई। त्यो समयमा नेपाली समाजका लागि विल्कुलै नयाँ काम गर्दा घरपरिवार र समाजको प्रतिक्रिया कस्तो थियो?
कसले के भन्छ भनेर म कहिल्यै सोच्दिनँ। त्यसैमाथि मलाई त घरपरिवार समाज सबैले सम्मान नै गरे। तिमीले राम्रो काम गरिरहेका छौं, अझै राम्रो गर्दै जाऊ भनेर प्रोत्साहन गरेकै कारण मैले तीन दशक यो क्षेत्रमा बिताउन सकेँ। मेरो नजिकका मानिसहरु मलाई देखेर गर्व गर्थे। धेरै माया र सहयोग पाएँ। बजार थिएन, भविष्य थिएन तर पनि सहयोग र हौसला सधैँ मिलिरह्यो।

म कहिल्यै नकारात्मक सोच नराख्‍ने मानिस परें। यो भएन, यो भयो भनेर सोच्‍ने काम गर्दिनँ।

 

त्यो समयमा सोचाइ अलि साँघुरो थियो। त्यसलाई सधैँ सम्मान गर्नुपर्छ। म अहिले पनि नेपाली परम्परालाई सम्मान गर्छु। हाम्रो नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मद्दत गर्ने कामलाई विस्तारै नेपाली समाजले पनि बुझिहाल्छ। पहिलेको तुलनामा बुझ्दै आएको पनि छ। हामीले पनि अझै धेरै काम गर्न बाँकी छ।

फेसन क्षेत्रलाई मात्रै निरन्तरता दिएर फिल्ममा नआएको भए बर्बाद हुने रहेछ भन्‍ने लाग्दैन?
म कहिल्यै नकारात्मक सोच नराख्‍ने मानिस परें। यो भएन, यो भयो भनेर सोच्‍ने काम गर्दिनँ। फिल्म क्षेत्रमा नआएको भए अर्को ठाउँमा पुगेर नाम कमाउथेँ होला जस्तो लाग्छ। तीन वर्ष त भयो दर्शकको माया पाउन थालेको। अब भने यही फिल्डमा केही गर्ने सोचमा छु। छिट्टै प्रोडक्सन सुरु गर्ने सोच पनि छ।

तपाईंले त डेब्यू नै हलिउडबाट गर्नुभयो है?
अँ, त्यो समयमा हलिउडका ठूला-ठूला क्यामरा बोकेर ठूलै टोली नेपाल आएको थियो। उनीहरूले अडिसनका लागि बोलाएको थाहा पाएर गएको थिएँ, सहायक पात्रका लागि छनोट भइयो। १५ दिनजति उनीहरूको टिममा बसेर काम गर्न पाइयो। त्यहाँबाट धेरै कुरा सिकियो। अचम्म त के भने, हामीले सुटिङ गर्दा नै 'ड्रेसअप' गरिसकेपछि एकले अर्कोलाई चिन्दैनथ्यौं। फिल्म प्रदर्शनमा आए पनि अरुले त झनै के चिन्‍नु! नजिक बसेको साथीलाई त्यो म हो भनेर चिनाउनुपरेको थियो।

यतिबेला फेरि देशमा राजनीतिक सरगर्मी बढेको छ। तपाईंलाई यसले कत्तिको प्रभाव पार्छ? कलाकारिता क्षेत्रका मानिसले राजनीति बुझ्‍न कति जरुरी छ?
मेरो विचारमा राजनीति बुझिरहन जरुरी छ जस्तो लाग्दैन। एउटा कलाकारले उसको कला क्षेत्र बुझे पुग्छ। राजनीति बुझ्‍ने काम त, देश चलाउन हिँडेकाहरूको हो, हाम्रो होइन। यो मेरो व्यक्तिगत विचार हो।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०६:४६
  • #प्रशान्त_ताम्राकार
  • #कलाकार
  • #कोरियोग्राफर
  • #मोडल
  • #फेसन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वसांसद डा. विजय पौडेलको निधन
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्