सर्लाही– उखुबारीमा किशोरीको बलात्कार गरेर फरार भएका युवक ७ महिनापछि पक्राउ परेका छन्। गत कात्तिक १९ गते सर्लाहीको कबिलासी नगरपालिका–४ मा एक १३ वर्षिय किशोरीलाई बलात्कार गरी भारत भागेका राहुल रायलाई इलाका प्रहरी कार्यालय हरिपुरले पक्राउ गरेको हो। आफ्नै छिमेककी युवतीलाई उनले बलात्कार गरेका थिए। पक्राउ परेका रायलाई जिल्ला अदालत मलंगजामा दाखिला गरिएको इन्सपेक्टर अनिल ठकुरीले बताए।
त्यस्तै,गत फागुन ४ गते कबिलासीमै भएको अर्काे बलात्कार घटनाका फरार अभियुक्त पनि पक्राउ परेका छन्। १९ वर्षिय किशोरीलाई बलात्कार गरी भागेका शिव नारायण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको इप्रका हरिपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।