काठमाडौं– एग्रिकल्चर भिसामा कोरिया जान खोज्दा दुई युवती ठगिएका छन्। विराटनगरकी लक्ष्मी राई र स्याङजाकी राधा न्यौपाने ठगिएका हुन्।
उनीहरुलाई ठगी गर्ने झापाका डम्बर बस्नेत र ललितपुरकी रिता गुरुङ डाँगीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले लक्ष्मी र राधालाई ३४ लाख ५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
मनि ट्रान्सफरमार्फत पैसा लिई उनीहरु फरार भएका थिए। महानगरीय अपराध महाशाखाले बिहिबार उनीहरुलाई पक्राउ गरेको हो।
ठगी मुद्दामा उनीहरुविरुद्ध कारबाही अघि बढाएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।