गाईघाट– सोलुखुम्बुको नेचा–सल्यान गाउँपालिका–३, भण्डारी टोलमा बिहीबार राति गोठ भत्किँदा एक महिलाको मृत्यु भएको छ।
दुई तले गोठ भत्किँदा गाह्रोको ढुंगाले किचेर कुल बहादुर विष्टकी पत्नी ३५ वर्षीया कल्पना विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कुल बहादुर सामान्य घाइते भएका छन् भने तीन वटा बाख्रासमेत मरेको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।