काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा करिब ४३ अंकको वृद्धि देखिएको छ।
आज नेप्से परिसूचक १.७७ प्रतिशत अर्थात् ४२.९५ अंकले बढेर २४७५.०९ कायम भएको छ।
आज २१३ वटा कम्पनीका एक करोड १६ लाख ५७ हजार कित्ता सेयर ५७ हजार ७४२ पटक खरिद/बिक्री हुँदा चार अर्ब ६६ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
बिहीबारको कारोबारमा व्यापार समूह ३९.६ अंकले घटेको छ भने बाँकी सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ४१५.४७ अंकले बढेको छ।
आज बैंकिङ समूह २६.११, होटल तथा व्यापार समूह ११२.८८, विकास बैंक समूह २४.३७, जलविद्युत समूह ३.१५, वित्त समूह १४.१५ र निर्जीवन बिमा समूह १९१.०८ अंकले बढेको छ। त्यस्तै उत्पादन समूह १६२.१३, अन्य समूह ४१.१३, लघुवित्त समूह १०२.१३ र लगानी समूह १.९५ अंकले बढेका छन्।
आज नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै ७६ करोड ७६ लाख रुपैयाँबराबरको २२ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ। सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६.८५ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।