हायर कमाण्ड तालिममा सहभागी नेपाली सेनाका महासेनानीहरु।
काठमाडौं- नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सि. सिं. ९ हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ।
बुधबार नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले भिडियो कन्फ्रेन्समार्फत तालिमको उद्घाटन गरेका हुन्।
तालिममा सहभागी विद्यार्थी अधिकृतहरुको पेसागत ज्ञान तथा नेतृत्व क्षमतामा वृद्धि भई जटिल अपरेसनल वातावरणमा समयसापेक्ष निर्णय लिनसक्ने नेतृत्व उत्पादन गर्न तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने शर्माले बताए।
हायर कमाण्ड तालिम नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो। उक्त तालिममा ३० जना महासेनानीहरु सभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।