काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबै परिसूचकहरु हरियो देखिएका छन्। यो हप्ता सुरुआतदेखि नै सुस्ताएको नेप्सेमा आज ४०.४० अंकको वृद्धिसँगै परिसूचक २४३२.१४ अंकमा कायम भएको छ।
आज २१२ वटा कम्पनीका ८६ लाख २६ हजार कित्ता ४४ हजार ६९७ पटक खरिद-बिक्री हुँदा तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै जीवन बिमा समूह र निर्जीवन बिमा समूहको उपसूचक क्रमशः ३७२.५८ र २२४.८७ अंकले बढेको छ। बैंकिङ समूह १९.१५, व्यापार समूह ४२.९, होटल तथा व्यापार समूह ११२.६९, विकास बैंक समूह २६.८२, जलविद्युत् समूह ३१.०१ र वित्त समूह १३.५३ अंकले बढेको छ।
त्यस्तै उत्पादन समूह अन्य समूह, लघुवित्त समूह, म्युचुअल फण्ड र लगानी समूहमा क्रमशः ९८.०८, ४७.४३, ११३.८७, ०.१ र १.२६ अंकले बढेको छ।
आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड चार लाख ८८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार भएको सेयर संख्याको आधारमा भने प्रभु बैंक प्रमोटर सेयरको पाँच लाख ३६ हजार ८९४ कित्ता किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।