काठमाडौं–माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा तीन महिनापछि दिने निर्णय गरेको हो।
बैठकले दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्षसम्मका व्यक्तिलाई पहिलो मात्रा दिनका लागि पछि सूचना जारी गर्ने निर्णय समेत बै७कले गरेको छ।
पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८८० जनाले खोप लगाएका थिए।
हालसम्म १६ लाख ५ हजार ७०६ जनाले खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
दोस्रो मात्रा लगाइसकेका व्यक्तिलाई खोप कार्डसमेत उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।