प्रतिनिधिमूलक तस्बिर
काठमाडौं- उडानकै क्रममा प्रभुको हेलिकप्टर चरासँग ठोकिएको छ। काठमाडौंबाट गोसाईंकुण्ड उडानको क्रममा हेलिकप्टर चरासँग ठोक्किएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा प्रभुको हेलिकप्टर चरासँग ठोक्किएको विमानस्थल स्रोतले जानकारी दिएको हो।
चरासँग ठोक्किएपछि हेलिकप्टर तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको थियो।
हेलिकप्टरमा ५ जना यात्रु रहेका थिए। सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल छन्। बिहान ९ बजेतिर उडानको क्रममा हेलिकप्टर चरासँग ठोक्किएको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।