काठमाडाैं- बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुगेकाे छ। यो आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर साेमबार नेपाल आइपुगेको हो।
टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा ३ बेलायती नागरिक छन्। याे टाेली ७९ दिन नेपालमा रहने जनाइएको छ। टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।
राजकुमारसहितको आरोही टोली सात दिनको होटेल क्वारेन्टाइनपछि गोरखाको सामागाउँ गएर पाँच दिन बस्ने छ र काठमाडौं फर्केर सगरमाथाको आधार शिविर प्रस्थान गर्ने कार्यक्रम छ।
यो टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरसविरुद्धको खोप समेत ल्याएर आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।