• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

निगमको महत्वाकांक्षी योजना : ८ जहाज पुर्‍याएर आन्तरिक तर्फ ३ दर्जन गन्तव्यमा उडान गर्ने

64x64
नेपाल लाइभ सोमबार, चैत २, २०७७  १६:४३
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सन् २०२४ सम्ममा ३६ गन्तव्यमा उडान गर्ने महत्वांक्षी योजना अघि सारेको छ। निमगले ८ जहाज पुर्‍याएर आन्तरिक तर्फ ३६ गन्तव्यमा उडान गर्ने लक्ष्य अगाडि सारेको हो। 

निगम महाप्रबन्धक डिमप्रकाश पौडेलले केही समय अगाडि ल्याएको १० वर्षे निगमको व्यावसायिक योजनामा उक्त विषय समावेश छ। निगमले ट्रंक तथा स्टल रुटमा गरी ३६ गन्तव्यमा उडान गर्ने लक्ष्य लिएको हो।

निगमको व्यावसायिक योजना सञ्चालक बोर्डबाट भने अनुमोदन भइसकेको छ। अनुमोदन भएको व्यवसायिक योजना अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगको छ। निगमको १० वर्षे योजनामा अर्थले कुनै निर्णय नगरेपनि आगामी वर्षको बजेटमार्फत् पुँजी विस्तारका लागि स्वीकृति दिने आश्वासन दिइसकेको छ। 

निगमको चुक्ता पुँजी ३१ करोड रुपैयाँ छ। यसलाई बढाएर ५० अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने भन्दै निगमले व्यवसायिक योजना अगाडि सारेको थियो। निगमले महत्वाकांक्षी योजना ल्याएपनि उसको व्यावसायिक योजना भने सरकारबाट स्वीकृति भइसकेको छैन। अर्थ मन्त्रालयबाट स्वीकृत नभएपछि निगमको योजनाअनुसार काम अघि बढेको छैन। निगम स्रोतले बजेटसँगै पुँजी विस्तारको विषय सम्बोधन हुनेमा विश्वास व्यक्त गरेको छ।

निगमको सुरुवाती पुँजी अति नै न्यून रहेको कारण व्यवसायिक योजना अगाडि बढाउने असहज भएको महाप्रबन्धक डिमप्रकाश पौडेल बताउँछन्।

निगमको पुँजी विस्तारको विषय नयाँ भने होइन। निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकारले २०७३ सालदेखि नै निगमको पुँजी विस्तारको विषय उठाउँदै आएका थिए। तर सरकारले निगमलाई फाइदामा लैजाने आधारसहित व्यवसायिक योजना माग गर्दै आएको थियो।

No description available.

कंसाकारपछि निगम कार्यकारी अध्यक्ष बनेका मदन खरेलले पनि पुँजी विस्तारका लागि सरकारसँग अनुरोध गरिरहेका थिए। २०७६ सालमा निगमले वार्षिकोत्सव मनाउँदै गर्दा खरेलले सुरुवाती पुँजी अति नै न्यून भएका कारण निगमले आर्थिक संकट भोग्दै आएको बताउँदै पुँजी विस्तार गरिदिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका थिए। वार्षिकोत्सव कार्यक्रममा नै प्रधानमन्त्री ओलीले तत्काल निगमको पुँजी विस्तार नगर्ने र निगमलाई फाइदामा लैजाने गरी व्यवसायिक योजना आएको अवस्थामा सरकारले रकम दिने बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

निगमका हरेक काम विवादित बन्दै गएपछि २०७६ माघमा खरेलले कार्यकारी अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसपछि महाप्रबन्धक भएका पौडेलले व्यवसायिक योजना ल्याएको महिनौँ हुँदा पनि सरकारले पुँजी विस्तारको बाटो नखोलिदिएपछि आर्थिक संकटमा परेको निगमले बताउँदै आएको छ। निगमको ऋण मात्रै ४६ अर्बभन्दा बढी पुगिसकेको छ भने एयरबस ए-३२० र वाइडबडी ए-३३० जहाज खरिदमा लिएको ऋणको ब्याज र किस्तासमेत तिर्न सकेको छैन।

No description available.

निगमसँग अहिले आन्तरिक उडानमा २ वटा ट्विनअटर जहाज मात्र छन्। एउटा जहाज 'कवाडीमा बिक्री गर्नु पर्ने' अवस्थामा छ। केही समयअघिसम्म आन्तरिक उडानमा प्रयोग भइरहेका ६ वटा चिनियाँ जहाज निगमले सदाका लागि ग्राउन्डेड गरिसकेको छ। निगमले व्यावसायिक योजना ल्याउँदै ट्रंक रुटमा उडान गर्ने २ वटा ठूला जहाज र स्टलमा उडान गर्ने ४ वटा जहाज थपेर आन्तरिक उडानमा ८ वटा हजाज पुर्‍याई ३६ गन्तव्यमा उडान गर्ने महत्वाकांक्षा लिएको हो। 

आन्तरिक उडानतर्फ निगमको बजार हिस्सा २ प्रतिशत हाराहारी मात्रै छ। कोभिडपछि अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा आएको संकटलाई निराकरण गर्दै निगमलाई चलायमान बनाउन आन्तरिक उडानमा बजार विस्तार गर्ने लक्ष्य लिएको छ।
 
ट्रंक रुटमा गन्तव्य
१.भरतपुर
२.भैरहवा
३.भद्रपुर
४.विराटनगर
५.धनगढी
६.जनकपुर
७.नेपालगञ्ज
८.पोखरा
९.सिमरा
१०.तुम्लिङटार
११.माउन्टेन

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्टल रुटमा 
विराटनगरबाट 
१.तामखर्क
२.फाप्लु
३.खानीडाँडा
४.भोजपुर

काठमाडौंबाट
१.लामिडाँडा
२.तामखर्क
३.रुम्जाटार
४.रुकुम
५.फाप्लु
६.ताप्लेजुङ
७.खानीडाँडा
८.भोजपुर
९.लुक्ला
१०.दाङ

नेपालगञ्जबाट
१.साँफेबगर
२.जुम्ला
३.रुकुम
४.चौरजहारी 
५.बाजुरा
६.सिमिकोट
७.डोल्पा
८.ताल्चा

पोखराबाट
१.भरतपुर
२.भैरहवा
३.जोमसोम

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्