• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

निगमको महत्वाकांक्षी योजना : ८ जहाज पुर्‍याएर आन्तरिक तर्फ ३ दर्जन गन्तव्यमा उडान गर्ने

64x64
नेपाल लाइभ सोमबार, चैत २, २०७७  १६:४३
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सन् २०२४ सम्ममा ३६ गन्तव्यमा उडान गर्ने महत्वांक्षी योजना अघि सारेको छ। निमगले ८ जहाज पुर्‍याएर आन्तरिक तर्फ ३६ गन्तव्यमा उडान गर्ने लक्ष्य अगाडि सारेको हो। 

निगम महाप्रबन्धक डिमप्रकाश पौडेलले केही समय अगाडि ल्याएको १० वर्षे निगमको व्यावसायिक योजनामा उक्त विषय समावेश छ। निगमले ट्रंक तथा स्टल रुटमा गरी ३६ गन्तव्यमा उडान गर्ने लक्ष्य लिएको हो।

निगमको व्यावसायिक योजना सञ्चालक बोर्डबाट भने अनुमोदन भइसकेको छ। अनुमोदन भएको व्यवसायिक योजना अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगको छ। निगमको १० वर्षे योजनामा अर्थले कुनै निर्णय नगरेपनि आगामी वर्षको बजेटमार्फत् पुँजी विस्तारका लागि स्वीकृति दिने आश्वासन दिइसकेको छ। 

निगमको चुक्ता पुँजी ३१ करोड रुपैयाँ छ। यसलाई बढाएर ५० अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने भन्दै निगमले व्यवसायिक योजना अगाडि सारेको थियो। निगमले महत्वाकांक्षी योजना ल्याएपनि उसको व्यावसायिक योजना भने सरकारबाट स्वीकृति भइसकेको छैन। अर्थ मन्त्रालयबाट स्वीकृत नभएपछि निगमको योजनाअनुसार काम अघि बढेको छैन। निगम स्रोतले बजेटसँगै पुँजी विस्तारको विषय सम्बोधन हुनेमा विश्वास व्यक्त गरेको छ।

निगमको सुरुवाती पुँजी अति नै न्यून रहेको कारण व्यवसायिक योजना अगाडि बढाउने असहज भएको महाप्रबन्धक डिमप्रकाश पौडेल बताउँछन्।

निगमको पुँजी विस्तारको विषय नयाँ भने होइन। निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकारले २०७३ सालदेखि नै निगमको पुँजी विस्तारको विषय उठाउँदै आएका थिए। तर सरकारले निगमलाई फाइदामा लैजाने आधारसहित व्यवसायिक योजना माग गर्दै आएको थियो।

No description available.

कंसाकारपछि निगम कार्यकारी अध्यक्ष बनेका मदन खरेलले पनि पुँजी विस्तारका लागि सरकारसँग अनुरोध गरिरहेका थिए। २०७६ सालमा निगमले वार्षिकोत्सव मनाउँदै गर्दा खरेलले सुरुवाती पुँजी अति नै न्यून भएका कारण निगमले आर्थिक संकट भोग्दै आएको बताउँदै पुँजी विस्तार गरिदिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका थिए। वार्षिकोत्सव कार्यक्रममा नै प्रधानमन्त्री ओलीले तत्काल निगमको पुँजी विस्तार नगर्ने र निगमलाई फाइदामा लैजाने गरी व्यवसायिक योजना आएको अवस्थामा सरकारले रकम दिने बताएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

निगमका हरेक काम विवादित बन्दै गएपछि २०७६ माघमा खरेलले कार्यकारी अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसपछि महाप्रबन्धक भएका पौडेलले व्यवसायिक योजना ल्याएको महिनौँ हुँदा पनि सरकारले पुँजी विस्तारको बाटो नखोलिदिएपछि आर्थिक संकटमा परेको निगमले बताउँदै आएको छ। निगमको ऋण मात्रै ४६ अर्बभन्दा बढी पुगिसकेको छ भने एयरबस ए-३२० र वाइडबडी ए-३३० जहाज खरिदमा लिएको ऋणको ब्याज र किस्तासमेत तिर्न सकेको छैन।

No description available.

निगमसँग अहिले आन्तरिक उडानमा २ वटा ट्विनअटर जहाज मात्र छन्। एउटा जहाज 'कवाडीमा बिक्री गर्नु पर्ने' अवस्थामा छ। केही समयअघिसम्म आन्तरिक उडानमा प्रयोग भइरहेका ६ वटा चिनियाँ जहाज निगमले सदाका लागि ग्राउन्डेड गरिसकेको छ। निगमले व्यावसायिक योजना ल्याउँदै ट्रंक रुटमा उडान गर्ने २ वटा ठूला जहाज र स्टलमा उडान गर्ने ४ वटा जहाज थपेर आन्तरिक उडानमा ८ वटा हजाज पुर्‍याई ३६ गन्तव्यमा उडान गर्ने महत्वाकांक्षा लिएको हो। 

आन्तरिक उडानतर्फ निगमको बजार हिस्सा २ प्रतिशत हाराहारी मात्रै छ। कोभिडपछि अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा आएको संकटलाई निराकरण गर्दै निगमलाई चलायमान बनाउन आन्तरिक उडानमा बजार विस्तार गर्ने लक्ष्य लिएको छ।
 
ट्रंक रुटमा गन्तव्य
१.भरतपुर
२.भैरहवा
३.भद्रपुर
४.विराटनगर
५.धनगढी
६.जनकपुर
७.नेपालगञ्ज
८.पोखरा
९.सिमरा
१०.तुम्लिङटार
११.माउन्टेन

स्टल रुटमा 
विराटनगरबाट 
१.तामखर्क
२.फाप्लु
३.खानीडाँडा
४.भोजपुर

काठमाडौंबाट
१.लामिडाँडा
२.तामखर्क
३.रुम्जाटार
४.रुकुम
५.फाप्लु
६.ताप्लेजुङ
७.खानीडाँडा
८.भोजपुर
९.लुक्ला
१०.दाङ

नेपालगञ्जबाट
१.साँफेबगर
२.जुम्ला
३.रुकुम
४.चौरजहारी 
५.बाजुरा
६.सिमिकोट
७.डोल्पा
८.ताल्चा

पोखराबाट
१.भरतपुर
२.भैरहवा
३.जोमसोम

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए मार्च महिनामा मात्रै सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभ... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्