तस्बिर : सूर्य थापाको ट्विटरबाट।
काठमाडौं- एमाले मुख्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई समान हैसियतमा बस्ने व्यवस्था मिलाइएको छ। उनीहरु उस्तै कुर्सी, टेबल र उही लाइनमा बसेका छन्।
नेकपा कायम रहँदासम्म त्यहाँभित्रको कुर्सी व्यवस्थापनलाई लिएर विवाद हुने गरेको थियो। त्यसमा नेपालले पनि प्रश्न उठाउने गरेका थिए।
पछिल्ला दिनमा एमाले विभाजनतर्फ उन्मुख भएका बेला दुई पक्षबीच संवादहिनताको अवस्था थियो। तर, आकस्मिक रुपमा दुवै पक्षबीच संवादको अवस्था उत्पन्न भएको हो।
धुम्बाराहीको छलफलका लागि एमालेका अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा सुवास नेम्वाङ सहभागी भएका छन्।
त्यस्तै, माधवकुमार नेपाल पक्षबाट उनीसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी भएका छन्।
यो पनि पढ्नुहोस्
धुम्बाराहीको छलफलमा को-को भए सहभागी?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।