काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काल कोरियासँगको पुरानो हवाई सम्झौता पुनरावलोकन नहुने जानकारी दिएको छ।
मन्त्रालयका हवाई उद्योग महाशाखा प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानले एक वर्ष अगाडि नै कोरियासँग हुन लागेको हवाई सम्झौता पुनरावलोकनको कार्य अहिले तत्काल हुने अवस्था पुगेको जानकारी दिए।
‘कोभिड अगाडि नै कोरियासँको हवाई सम्झौता पुनरावलोकनको विषयमा छलफल भएको थियो,’ लामिछानेले भने, ‘अहिले हवाई मुभमेन्ट नबढेको र तत्काल बढ्ने अवस्थामा पनि नरहेको भन्दै हवाई सम्झौता पुनरावलोनमा कोरियाले चासो दिएको छैन।’
यसैगरी, कोभिड अगाडि नै फिनल्याण्डसँग हवाई सम्झौताको प्रक्रिया अगाडि बढको थियो। उक्त विषय अहिले अघि नबढेको मन्त्रालयको भनाइ छ। फिनल्याण्डले पनि पछिल्लो समय हवाई सम्झौतका लागि कुनै चासो देखाएको छैन।
तर, इन्डोनेसियासँग हवाई सम्झौता गर्ने विषय भने प्रक्रियामा रहेको सहसचिव लामिछानेले जनाकारी दिए। ‘इन्डोनेसियासँग हवाई सम्झौताका लागि दुई पक्षीय रुप पत्र आदान -प्रदान भइरहेको छ,’ लामिछानेले भने, ‘सम्भवत: इन्डोनेसियासँग सातामा १४ वटा उडान गर्न पाउने गरी हवाई सम्झौता हुन्छ। समय भने यकिन भएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।