काठमाडौं- पुँजीबजारमा यो साता कारोबारको पहिलो दिन, आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१.२३ अंकले घटेको छ। आज २.०८ प्रतिशतले परिसूचक घटेर २४०७.२५ अंकमा कायम भएको छ।
आइतबार २११ वटा कम्पनीको ९९ लाख ३ हजार ७ सय कित्ता सेयर ६० हजार ९७३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज होटल तथा पर्यटन र जलविद्युत समूहको उपसूचक क्रमशः ६१.१२ र ४७.८२ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४५३.९ अंक र निर्जीवन बीमा समूहको उपसूचक ३७४.५३ अंकले घटेको छ।
त्यस्तै, बैंकिङ समूह ३२.३३, व्यापार समूह २१३.१६, विकास बैंक समूह ३७.८४, वित्त समूह १८.८९ र उत्पादन समूह ९६.३४ अंकले घटेको छ। लघुवित्त, लगानी र अन्य समूह क्रमशः ९०.६८, २.५६ र ९६.३६ अंकले घटेको छ।
आज कारोबार रकम र कारोबार संख्याको आधारमा माथिल्लो तामाकोशी अग्रस्थानमा देखिएको छ। माथिल्लो तामाकोशीको ७ लाख १ हजार कित्ता खरिद बिक्री हुँदा ४४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका ९.८६ अंकले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।