काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मास्टर प्लान (गुरुयोजना) स्वीकृतिका लागि मन्त्रिपरिषद्बाट पठाउने तयारी गरेको छ।
प्राधिकरणले विमानस्थलको विकास तथा स्तरोन्नतिका लागि सन् २०१० मा गुरुयोजना बनाएको थियो। उक्त गुरुयोजनाअनुसार काम गर्दै गएको प्राधिकरणले पुनः २०१६ मा गुरुयोजना पुनः 'रिभाइज' गरेको थियो।
२०१६ मा एडिपिआइले तयार पारेको गुरुयोजना तयार पारेको थियो। सोही गुरुयोजनाअनुसार केही काम भइरहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन्।
प्राधिकरणले संरचना निर्माण गुरुयोजना बनाएपनि मेन टर्मिनल भवनलगायतको काम सुरु नभएको अब केही परिमार्जन गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाउने तयारी गरेको पोखरेलको भनाइ छ।
‘प्राधिकरणले गुरुयोजनाअनुसार काम गरेपनि विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उयड्डन मन्त्रालयमा उक्त रिर्पोट अहिलेसम्म आइपुगेको छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘स्वीकृत नभएको गुरुयोजना अनुसार आर्थिक दायित्व सिर्जना हुने काम कसरी भएको छ हामीलाई थाहा छैन।’
अहिले पुनः प्राधिकरणले गुरुयोजना परिमार्जन गरेर स्वीकृत गर्न लागेको हो। गुरुयोजना अनुसार प्राधिकरणले २०३० सम्म झन्डै एक खर्ब रुपैयाँको काम गर्ने छ। त्यसमा अन्तर्राष्ट्रिय टर्मिनल भवन, आन्तरिक टर्मिनल भवन, ट्याक्सी वे, एप्रोन तथा ह्यांगर निर्माणको काम रहेको छ। गुरुयोजनाअनुसार केही काम सुरु भएको र केही प्रक्रियामा रहेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले गुरुयोजनाअनुसार नै निर्माण गर्न लागेको टर्मिनल भवनको लागत मात्रै ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।