काठमाडौं–भारतमा आइफोन १२ को एसेम्बली सुरु भएको छ। अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले भारतबाटै एसेम्बली सुरु गरेको हो।
उत्पादन गतिविधि बढाइरहेकै समयमा स्थानीय उपभोक्तालाई लक्षित गरी भारतबाट पनि एसेम्बली सुरु कम्पनीले जनाएको छ।
स्थानीय उपभोक्ताका लागि भारतमै आइफोन १२ को उत्पादन सुरु गर्न पाउँदा आफूहरु गौरवान्वित भएको एप्पलको बिहीवार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
सो फोन कसले बनाउन लागेको हो भन्नेबारे भने कम्पनीले केही खुलाएको छैन। अमेरिका र चीनबीच जारी व्यापार युद्धका कारण एप्पलले चीनमा हुने केही उत्पादन अन्य बजारतर्फ सारिरहेको छ। यो फोनको उत्पादन भारतमा सुरु गर्नुलाई पनि यही कारणलाई मानिएको छ।
यसअघि पनि फक्सकोनले आइप्याड र म्याकबुकको एसेम्बली चीनबाट भियतनाम सार्न लागेको नोभेम्बरमा एक स्रोतको भनाइ उद्धृत गर्दै समाचार छापिएको थियो। एप्पलले सन् २०१७ देखि नै अर्को ताइवानी आपूर्तिकर्ता विष्ट्रोनमार्फत भारतमा आइफोन बनाउन थालेको हो।
फक्सकोन, विष्ट्रोन र तेस्रो आपूर्तिकर्ता पेगाट्रोनले आगामी ५ वर्षमा भारतमा आइफोन बनाउन ठूलो रकम लगानी गर्ने बाचा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।