न्युयाेर्क– अमेरिकीका चार पूर्वराष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। बिहीबार सामूहिक रूपमा पूर्वराष्ट्रपतिहरू जिम्मी कार्टर, जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामासँगै उनीहरूका प्रथम महिलाहरूले खोप लगाएका हुन्।
तर खाेप कार्यक्रमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी भएनन्। राष्ट्रपतिको भूमिकामै रहेका बेला गत जनवरीमै खोप लगाए पनि सार्वजनिक नगरेका उनी उपस्थित नभएकाे बुझिएकाे छ।
खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उनीहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले आफूहरूले खोप लगाएको उल्लेख गरेका छन्।
कुनै हिचकिचाहटबिना खोप लगाउनका लागि सबै अमेरिकी नागरिकलाई पनि उनीहरुले आग्रह गरेका छन्।
खोप लगाएपछि पूर्व राष्ट्रपति ओबामाले भने, 'खोपको अर्थ हाम्रो आशा हो, यसले हामीलाई रक्षा गर्छ, खतराबाट जोगाउछ, यो महामारीबाट बच्नका लागि हामी सबैले खोप लगाउनु पर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।