नयाँदिल्ली– भारतमा काेराेना भाइरसविरुद्धकाे खाेप लगाउनेकाे संख्या साढे दुई करोड नाघेकाे छ। स्वास्थ्य मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको विवरण आज दिउँसो १ बजेसम्म दुई करोड ५६ लाख ९० हजार ५४५ जनाले खोप लगाएका थिए।
कूल उपभोक्तामध्ये ७१ प्रतिशतले सरकारी सेवामार्फत खोप लगाएका हुन भने अरु २९ प्रतिशतले निजी क्षेत्रबाट खोप लगाएका हुन्।
भारतमा अहिले पनि कोरोनाबाट संक्रमितकाे संख्या बढ्दाे क्रममा रहेकाे छ। पछिल्लो २४ घण्टामा थप २२ हजार ८५४ जना नयाँ संक्रमित थपिएका थिए। त्यस्तै १२६ संक्रमितकाे मृत्यु भएको मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिए।
पुने, नागपुर, थाने, मुम्बई, बेङ्गलोर, एर्नाकुलम, अमरावती, जलगाउँ, नासिक, औरङ्गबादलगायतका क्षेत्रमा धेरै संक्रमित रहेका छन्।
महाराष्ट्र प्रदेशमा मात्रै एक लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। 'धेरै संक्रमित रहेका दश जिल्लामध्ये आठ जिल्ला महाराष्ट्र प्रदेशका मात्रै रहेका छन्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।