काठमाडाैं– चीनका सांसदले चीन सरकारप्रति विश्वासिला र देशभक्ति भावनाले प्रेरितलाई मात्र हङकङ सरकारमा निर्वाचित हुने कानून पारित गरेका छन्। ग्रेट हल अफ द पिपुलमा बिहीबार उक्त कानून पारित गरिएकाे हाे।
बीबीसीका अनुसार यस प्रस्तावमा २८ सय ९५ सांसदले स्वीकृति दिएका थिए। मतदानमा एकजना अनुपस्थित रहे भने कसैले पनि विपक्षमा मतदान गरेन।
लगभग नेसनल पिपुल्स कंग्रेसले सर्वसम्मति मतका साथ हङकङ विधानसभाको आकार र संरचना पनि परिवर्तन हुनेछ। थप ७० विधायक चुन्ने र यसको जिम्मा सरकारद्धारा गठित कमिटीलाई प्रदान गरिएको समाचारमा उल्लेख छ। उक्त चुनाव कमिटीले सरकारप्रति विश्वासिला मान्छेलाई मात्र चुन्न सक्नेछ।
यसको अर्थ स्वशाषित थलो हङकङप्रति चीन अझै अनुदार हुने संकेत हो। हङकङका प्रतिपक्षीलाई रोकेर केन्द्रकै नियन्त्रणमा सरकार चलाउने चिनियाँ उद्देश्य देखिन्छ।
सन् २०१९ मा प्रजातन्त्र समर्थकले हङकङलाई छुट्टै देशको मान्यता दिन आन्दोलन चर्काएका थिए। त्यसलाई दबाउन चीन सरकारले ‘राष्ट्रिय सुरक्षा ऐन’ ल्याएको थियो।
यो ऐन अन्तर्गत हङकङ प्रहरीले प्रजातन्त्र समर्थक आन्दोलनकारीलाई पक्राउ गर्दै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।