काठमाडाैं– म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा प्रहरीले चलाएकाे गोली लागेर थप सात प्रदर्शनकारीको मृत्यु भएको छ।
बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो। अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो।
याेसँगै म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा मृत्यु हुनेकाे संख्या ६७ नाघेकाे छ र दुई हजारभन्दा धेरै मानिस पक्राउ परेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एड्भोकेसी ग्रुपले जनाएकाे छ।
फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै सैन्य ‘कू’ गरेको थियो। त्यसको विरोधमा अहिले निरन्तर म्यानमारमा प्रदर्शन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।