काठमाडाैं– पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको निधन भएको छ।
अर्बुद रोगबाट पीडित ५६ वर्षीय प्रधानमन्त्री हामेदको जर्मनीको एक अस्पतालमा उपचारकै क्रममा बुधबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै हामेदको निधनले मुलुक शोकमा डुबेको बताएका छन्।
प्रधानमन्त्री हामेदले देशका लागि पूर्ण लगनशीलताका लागि कार्य गरेको र युवाका लागि मोडेल नै रहेको बताउँदै उनकाे निधनबाट मुलुकले एक प्रतिभाशाली राजनीतिज्ञ गुमाएकाेमा राष्ट्रपति औटाराले दुःख प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।