काठमाडाैं–मलेसियाकाे एक अदालतले १३ वर्ष पुरानाे मुद्दामा फैसला सुनाउँदै ईसाइद्वारा पनि ‘अल्लाह’ शब्दकाे प्रयाेग गर्न पाउने ठहर गरेकाे छ।
मलेसियाकाे मुल निवासीसँग सम्बन्ध भएकी एक महिलाले मुद्दा दायर गरेकी थिइन्। प्रहरीले गरेकाे एक कारवाही विरुद्ध उनले अदालतमा मुद्दा दायर गरेकी थिइन्।
प्रहरीले उनकाे घरवाट एक सिडी बरामत गरेकाे थियाे। उक्त सिडीमा भगवानलाई अल्लाह भनिएकाे थियाे। सरकारकाे तर्क थियाे कि याे शब्द सिर्फ मुसलमानमात्र प्रयाेग गर्न सक्छन्, यिद अरुले प्रयाेग गरेमा मुसलमानमाथि भ्रम पैदा हुने र अन्य बाटाे लिने दाबी गरेकाे थियाे।
मलेसिया धर्म निरपेक्ष देश भए पनि पछिल्लाे समयमा त्यहाँ धार्मिक तनाव बढेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।