न्युयोर्क- गायिका सेलेेना गोमेजले संगीतबाट सन्यास लिन सक्ने संकेत गरेकी छन्। भाेग म्यागजिनसँग अन्तर्वार्ता दिँदै उनले यस्तो संकेत गरेकी हुन्।
‘मानिसहरुले तपाईंलाई गम्भीर रूपमा नलिए गाह्रो महसुस हुन्छ। त्यस्ता केही अनुभव मसँग पनि छन्,’ गोमेजले अन्तर्वार्तामा भनेकी छन्।
अरुले संगीत नबुझेको प्रति पनि उनको दुखेसो छ। ‘मेरो सबैभन्दा उत्तम क्षेत्र भनेको संगीत नै हो। तर यो क्षेत्र अरुको लागि उत्तम नहुन पनि सक्छ।’
उनले आफ्नाे गीत मन पराउने दर्शक/श्रोताहरूलाई धन्यवाद पनि दिएकी छिन्। ‘मेरो संगीतबाट आनन्द लिने पनि धैरै छन्। सबैप्रति आभारी छु। तर सन्यास लिनुभन्दा अगाडि एक एल्बम गर्न चाहन्छु जुन विल्कुलै फरक हुनेछ,’ उनले भनिन्।
गोमेजले सन् २००९ मा किस एन्ड टिल एल्बम निकालेकी थिइन्। त्यसपछि ३ सोलो एल्बम र थप दुई एल्बम निकालेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।