काठमाडाैं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नाे सरकार रामराज्यबाट प्रेरित रहेकाे बताएका छन्। अयोध्यामा राम मन्दिर निर्माण भइसकेपछि आफ्नाे सरकार रामराज्यबाट प्रेरित भएकाे उनले बताएका हुन्।
विधानसभाको सत्रमा बुधबार बोल्दै केजरीवालले रामराज्यबाट प्रेरित भएर दिल्लीका जनतालाई सेवा गर्न १० वटा सिद्धान्त अपनाइरहेकोसमेत बताए।
‘म हनुमान भक्त हुँ, उहाँ भगवान् रामको भक्त हुनुहुन्थ्यो,’ उनले भने,‘ हामी रामराज्यबाट प्रेरित भएर १० सिद्धान्तको अनुसरण गर्दै दिल्लीका जनताको सेवा गरिरहेका छौं।’
उनकाे दश सिद्धान्तमा भोजन, शिक्षा, स्वास्थ्य सेवा, बिजुली, पानी, रोजगारी, आवास, आवश्यक संरचना, महिला सुरक्षा र वृद्धवृद्धाको सम्मान समावेश छ।
‘दिल्लीमा कोही पनि भोको पेट सुत्नुपर्दैन। सबै बालबालिकाले जस्तो सामाजिक हैसियत भए पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ। यसका अलवा मुख्यमन्त्रीले धनी, गरीब सबैले उपलब्ध भएसम्म उत्कृष्ट स्वास्थ्य सेवा पाउनुपर्छ,’ केजरीवालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।