काठमाडाैं- भारतीय गृहमन्त्री अमित साह निकट तीरथ सिंह रावत उत्तराखण्ड राज्यको मुख्यमन्त्री बनेका छन्। मंगलबार त्रिवेन्द्र सिंह रावतले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि तीरथ मुख्यमन्त्री बनेका हुन्। रावतले बुधबार मुख्यमन्त्रीको शपथ लिएका छन्।
प्रदेश सांसद असन्तुष्ट भएपछि झन्डै ४ वर्ष मुख्यमन्त्री बनेका त्रिवेन्द्रकाे राजीनामा माग गरिएकाे थियाे। मुख्यमन्त्रीमा आफ्नो नाम घोषणा भएसँगै तीरथले भने, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित साह र पार्टी प्रमुखप्रति आभारी छु। जसले मलाई भरोसा गरे। सानो गाउँको पार्टीको कार्यकर्तालाई यति ठूलो जिम्मेवारी दिइएको छ। मैले यो पद पाउँछु भनेर कल्पनासम्म पनि गरेको थिइनँ।’
उनले जनताहरूले आफूमाथि गरेको भरोसा पूरा गर्ने प्रयास गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्। ९ नोभेम्बर २००० मा उत्तर प्रदेशबाट छुट्याएर उत्तराखण्ड राज्य बनाइएपछि हालसम्म ८ जना मुख्यमन्त्री बनिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।