काठमाडाैं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकाे मूर्ति चिनियाँ शपिङ प्लेटफर्ममा भाइरल भएको छ। चिनियाँ जनताको मस्तिष्कबाट हट्ने अपेक्षाविपरीत ‘मेक योर कम्पनी ग्रेट अगेन’ नारासाथ बुद्धासनमा रहेको ट्रम्पको मूर्ति भाइरल गरिएकाे हाे।
ट्रम्प २०१६ मा राष्ट्रपतीय चुनावमा लड्दा गर्दा उनको नारा ‘मेक अमेरिका ग्रेट अगेन’ थियो। त्यही नाराको झल्को दिने गरी ताओबाओ नामक शपिङ प्लेटफर्ममा बिक्रीकर्ताले ‘मेक कम्पनी ग्रेट अगेन’सहित उनको पलेटी कसेर शान्त मुद्रामा बसेको मूर्ति भइरल बनाएका हुन्।
मूर्तिमा हलुका शिर नुहाएर, दुवै हात पलेटीमाथि बुद्धले झैँ राखिएको छ। बिक्रीकर्ताले १ सय ५३ अमेरिकी डलर कम्तीमा अर्थात् ९९९ युआनदेखि ३ हजार ९ सय ९९ युआन पर्ने गरी मूल्य समेत राखेका छन्।
ट्रम्पले आफू राष्ट्रपति रहँदा सबैभन्दा आफूले धेरै कुरा जान्ने बुझ्ने मानेका थिए। बिक्रीकर्ताले त्यही भएर ट्रम्पको बुद्धमूर्ति बनाएको उल्लेख गरेका छन्।
बिक्रीकर्ताले ट्रम्पका १०० वटा मूर्ति बनाएकामा दर्जन बढी बिक्री समेत भइसकेको छ।
‘अधिकांश व्यक्तिहरूले यसलाई केवल रमाइलोको लागि किनेका थिए,’ विक्रेताले ग्लोबल टाइम्सलाई भने, ‘उनीहरूले १०० मूर्ति मात्र बनाए र दर्जनौं बिक्री भइसकेका छन्।’
सांघाईका एक मूर्ति किन्ने व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा विच्याट मोमेन्टमा मूर्ति देखेपछि खरिद गरेर घरमा सजावटका लागि राखेको बताए।
‘मैले यसलाई मनोरन्जनका लागि किनेको थिएँ र सजावटको रूपमा यसलाई मेरो डेस्कमा राखें,’ उनले भने, ‘ट्रम्पलाई युगको प्रतिनिधिको रूपमा पनि मान्न सकिन्छ, र चरम अहंकार। अब त्याे युग बितिसक्यो तर, म मूर्तिकाे माध्यमबाट सम्झाउन चाहन्छु, धेरै ट्रम्प नहोऊ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।