काठमाडाैं– म्यान्मारले बेलायतबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ। नेतृ आङ साङ सु चीको पक्षमा वकालत गरेको भन्दै बेलायतका लागि म्यान्मारका राजदूत काय ज्वार मिनलाई फिर्ता बोलाइएको हो।
म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा गरेको ‘कू’विरुद्ध निरन्तर प्रदर्शन हुँदै आएको छ। यो प्रदर्शनमा अहिलेसम्म ६० भन्दा बढीको मृत्यु भइसकेको छ। प्रदर्शनमा आउत्रिएका प्रजातन्त्रवादी दर्जनौं नेता कार्यकर्तालाई पक्राउ गरिएको छ।
ज्वार मिनले पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दै आएका थिए। अहिले म्यान्मारमा देखिएको समस्याको समाधान अमेरिका वा बेलायतमा नभई म्यान्मारमा नै गर्नुपर्ने उनले बताउँदै आएका छन्।
उनले म्यान्मारका जनताहरु मरिरहेको हेर्न नसक्ने बताएका छन्। उनले सेना र प्रदर्शनकारीहरुलाई संयम रहन आग्रह गरेका छन्। उनले म्यान्मारमा अब गृहयुद्ध सुरु हुन सक्ने आशंका बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
म्यान्मारको हिरासतमा रहेकी प्रजातन्त्रवादी नेतृ सु चीलाई अहिले कहाँ राखिएको छ भन्ने खुलेको छैन। उनको रिहाइको लागि अन्तर्राष्ट्रिय समुदायले पनि म्यान्मारलाई दबाब दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।