काठमाडाैं– म्यान्मारमा सैन्य ‘कू’विरुद्ध गरिएकाे प्रदर्शनलाई कभर गरेको भन्दै पाँच मिडिया कम्पनीको लाइसेन्स (अनुमतिपत्र) रद्द गरिएकाे छ।
भ्वाईस अफ अमेरिकाका अनुसार म्यान्मारको सैन्य परिषद्ले मंगलबार ५ वटा स्वतन्त्र मिडिया कम्पनीको लाइसेन्स रद्द गरेकाे हाे। जसमा म्यान्मार नाउ, खित थित मिडिया, डेमोक्र्याटिक भ्वाइस अफ बर्मा, मिजिमा र सात दिन रहेका छन्।
यद्यपि म्यान्मारमा सैनाविरुद्ध प्रदर्शन जारी छ। मंगलबार दक्षिण म्यान्मारको मेक शहरबाट करिव ५० प्रदर्शनकारीहरुलाई पक्राउ गरिएकाे छ।
यसका साथै प्रदर्शनकारीलाई तितरबितर बनाउन रबरका गोलीहरू पनि प्रहार गरिएकाे बताइन्छ।
हालसम्म प्रदर्शनकाे क्रममा ६० जनाकाे मृत्यु भइसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।