काठमाडौं- याे साता कारोबार पहिलो दिन आइतबार २१.५८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज पनि दोहोरो अंकले घटेको छ। मंगलबार परिसूचक २३.२२ अंकले घटेर २४६१.६८ अंकमा कायम भएको छ।
आज २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज होटल तथा पर्यटन र जलविद्युत समुह क्रमशः ६८.११ अंक र ३६.३९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ।
सबैभन्दा धेरै जीवन बिमा समूह २०१.५६ अंकले घटेको छ भने निर्जीवन बिमा समूह ११४.७ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह २१.७७, व्यापार समूह ४९.८२, विकास बैंक समूह २२, वित्त समूह ४.४३, उत्पादन समूह ८८.७४, लघुवित्त समूह ४७.४६ र लगानी समूह १.३४ अंकले घटेको छ।
आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ६५ करोड ३४ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको सेयर संख्याका आधारमा भने अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८ लाख ८ हजार ७ सय कित्ता कारोबार भएको छ।
हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९७ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५.१८ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।