काठमाडौ–सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि बसेको पहिलो बैठक बहिस्कार गरेको भन्दै नेकपाको माधव–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओली समूहका नेता गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन्।
पुनःस्थापनाको माग गरेर आन्दोलनमा गएका दलहरुले नै संसदको पहिलो बैठक अवरुद्ध गरेपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन्। सर्वोच्चको फैसलापछि अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू कता गए भन्दै उनले प्रश्न पनि गरेका छन्।
फेसबुकमार्फत बाँस्कोटाले अदालतको हिजोको फैसलाले अब एकता गरेपनि एक्ला एक्लै हिँडे पनि बाटो खुल्ला गरिदिएको र संसद पुनःस्थापना भइसकेको अवस्थामा फेरि किन क्याउँक्याउँ भन्दै प्रश्नसमेत गरेका छन्।
‘आफै पुनःस्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर । सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउँदै दौड्या हुन्,? उनले लेखेका छन्, ‘अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे। अब ए–कता वा एकता जे चाहियो, सो पाइया छ। फेरि क्याउँक्याउँ? सकिएन बा ! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर।’
आफै पुनस्थापनाकाे माग गरे अनि बहिष्कार,त्याे पनि सदन चल्न हुँदैन भनेर।सूर्य पूर्वबाटै उदायाे त किन हत्तु हैरान बनाउदै...
Posted by Gokul Baskota on Sunday, March 7, 2021
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।