काठमाडाैं–उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय ईश्वर पोखरेलले सर्वोच्च फैसलाको स्वागत गरेका छन्।
सर्वाेच्च अदालतले गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गर्नेुसम्बन्धी फैसलालाई लिएर पोखरेलले सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया दिएका हुन।
‘विगतको वस्तुनिष्ठ समीक्षा र त्यसैको जगमा अघि बढ्नुपर्ने आवश्यकतालाई आज (आइतबार) को सर्वोच्च अदालतको फैसलाले औंल्याएको छ,’ उपप्रधानमन्त्री पोखरेलले आइतबार अबेर सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बुझ्नुपर्ने सबैले बुझ्नैपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।