काठमाडाैं–सर्वोच्च अदालतले गरेको नेकपा नाम विवादसम्बन्धी फैसलालाई नेकपा नेता तथा माधव प्रचण्ड पक्षीय प्रवक्ताले आश्र्चयजनक तथा सबैलाई स्वब्ध पार्ने निर्णय भएको प्रतिक्रिया दिएका छन्।
फैसलाले रिट निवदकको मागदावीभन्दा बाहिर गएर असम्बन्धित विषयमा प्रवेश गरी निर्णय दिएको उनको ठहर छ।
रिट निवेदकले तात्कालिन एमाओवादी र एमालेबीचको एकीकरण र एकीकृत पार्टी निर्माणबारे प्रश्न नउठाएकाे तर अदालतले योबारे बोलेको उनको भनाइ छ।
रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेका थिए। अदालतले त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक, बेठीक जे भए पनि स्वाभाविक हुने थिया भन्े उनले फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको बताए।
फैसला अस्वाभाविकमात्र नभई संविधान एवं कानूनको बिरुद्ध तथा राजनीतिक आग्रह प्रेरित रहेको उनको भनाइ छ।
साथै, अदालतको फैसलापछि कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न सोमबार पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बोलाइएको उननको भनाइ छ। नेकपाबारे अदालतले गरेको फैसला, त्यसको समग्र पक्ष र आगथामी कदमबारे बैठकले निर्णय गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।