• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले र माओवादी ब्युँतिन सक्छन्? कसरी टर्छ नेकपाको संकट ?

64x64
नेपाल लाइभ आइतबार, फागुन २३, २०७७  २१:५२
1140x725

काठमाडाैं- सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवाद टुंग्याउने क्रममा आइतबारको फैसलामार्फत् ऋषि कट्टेल नेतृत्वको पार्टीले नेकपा नाम पाउने निर्णय सुनायो। तर, नामको विवाद टुंग्याउने सर्वोच्चको यो फैसलाले मुलुकको राजनीतिलाई नै हल्लाइदिएको छ। 

अदालतको फैसलाले पैदा गरेको कम्पन यति ठूलो देखिएको छ कि मुलुकको राजनीति तीन वर्ष पहिलेको अवस्थामा पुगेको चर्चा गरिँदैछ। के राजनीति तीन वर्ष पछाडि फर्केको हो? वा सर्वोच्चको फैसलाबाट राजनीति नै पछाडि फर्कन सक्छ? 

सर्वोच्चले गरेको फैसलाको अंश हेरौं। 

सर्वोच्चले भनेको छ– ‘निर्वाचन आयोगका ... निर्णय बदर भएपश्चात् साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।’ 

सर्वोच्चले कट्टेलले दायर गरेको रिटमा माग भएबमोजिम नेकपा नामबारे फैसला गर्ने क्रममा यस्तो परमादेश जारी गरेको हो। नेकपा नामको पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता भइसकेको र सोही पार्टीसँग नाम मिल्नेगरी (एमाले र माओवादीबीच एकीकरण भएर) नयाँ पार्टी दर्ता गरेको भन्दै सर्वोच्चले आयोगबाट २०७४ जेठ २३ गते भएको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्चको २०७५ कात्तिक ९ गतेको फैसला बदर गर्नेक्रममा तत्कालीन एमाले र माओवादीलाई साविककै दलका रुपमा कायम गरिदिएको हो। 

सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाका नेताहरुमा उत्साह देखिएको छ। उनीहरुले सर्वोच्चको फैसलालाई ‘सकारात्मक’ भन्दै राजनीति ठिक ठाउँमा पुगेको टिप्पणी गरिरहेका छन्। 

ओलीपक्षीय केही सांसदले आइतबारको प्रतिनिधि सभा बैठकमा आफूहरु ‘एमाले सांसदको हैसियतमा’ उपस्थित भएको प्रतिक्रियासमेत दिए। ओलीपक्षीय नेकपामा ‘एमाले ब्युताउँने’ माग हुँदै आएकाले यो प्रतिक्रिया अस्वाभाविक होइन। नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले भने फैसला ‘अपेक्षाअनुसार नभएको’ बताएको छ। 

त्यसो भए के अब तीन वर्ष पहिल्यै विघटन भइसकेका एमाले र माओवादी केन्द्र ब्युँतिन्छन्? हामीले यो प्रश्न संविधानविद् डा. विपीन अधिकारीलाई सोध्यौं। ‘तीन वर्षदेखि एउटा पार्टी थियो, पार्टीकै रुपमा सबै काम र गतिविधि भइरहेका थिए, अब तिमीहरु तीन वर्ष पहिलेकै अवस्थामा फर्कियौं वा फर्क भन्न मिल्दैन’, उनले भने, ‘अदालतले वैधानिकताको विषयमा फैसला गरेको हो, अब निर्वाचन आयोगले नहड्बडाइकन पार्टीको व्यवस्थापनको विषय टुंग्याउने हो। अब भूमिका निर्वाचन आयोगबाट अपेक्षित छ।’ 

Ncell 2
Ncell 2

सर्वोच्चले फैसला गरिसकेपछि निर्वाचन आयोगले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्छ? संविधानविद् डा. अधिकारीको यसमा फरक धारणा छ। ‘अदालतले वैधानिकताको विषय हेर्‍यो, त्यहीअनुसार फैसला गर्‍यो। अब आयोगले फैसला मात्र हेर्ने होइन’, उनले भने, ‘हिंजो नेकपाका दुवै पक्षलाई चुनाव चिन्ह मात्र चाहिएको थियो होला, अब न्याय र पहिचान चाहिएको छ। कुरा नामको रहेन अब, न्याय र पहिचानको हो। त्यो दिनुपर्ने ठाउँमा आयोग उभिएको छ।’ 

डा. अधिकारीले यहीकारण आफूले नहड्बडाइकन आयोगले दुवै पक्षसँगको सहकार्यमा निर्णय गर्नुपर्छ भनेको सुनाए। ‘फैसला त वैधानिकताको प्रश्नमा आउने हो, हामीले फैसलाको कुरा गरिरहँदा हाम्रो लोकतान्त्रिक प्रक्रिया अवरुद्ध बन्नुहुन्न भन्ने पनि भुल्नु हुँदैन’, उनले भने। 

के गर्ला निर्वाचन आयोगले?
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदम चालेपछि सत्तारुढ नेकपा दुई चिरा परेको थियो। त्यसपछि नेकपाको एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओली र अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गर्दै आएका छन्। 

प्रचण्ड–माधव पक्षले कानूनतः आफ्नो पक्षमा नेकपाको बहुमत रहेकाले पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूले पाउनुपर्ने दाबी गरे पनि निर्वाचन आयोगले यो विवाद टुंग्याउँने अग्रसरता देखाएन। बरु, ‘नेकपा विभाजन नै नभएको’, ओली र प्रचण्ड दुवै पार्टी अध्यक्ष कायम रहेको निर्णय सुनायो। 

सर्वोच्चले आइतबार तीन वर्षयता नेकपा बनिसकेका साविककै एमाले र माओवादी पार्टी कायम रहने फैसला सुनाएपछि आयोगले ‘एमाले र माओवादी आयोगमा पहिल्यै दर्ता भइसकेकाले खारेज गर्न नमिल्ने’ बताएको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल लाइभसँग भने, ‘प्रक्रियाअनुसार दर्ता भइसकेका दल खारेज गर्न मिल्दैन, त्यसकारण उहाँहरुले अब नयाँ दल दर्ताको प्रक्रियामा जानुपर्छ।’ उनले पहिल्यै दर्ता भइसकेका दलहरुसँग यसबारे कुरा भने गर्न सकिने बताए। 

धेरैको अपेक्षा छ– निर्वाचन आयोगले यसबारेमा गर्ने निर्णयले एमाले–माओवादी मिलेर बनेको पार्टी वा यसका दुवै घटक मात्र होइन, मुलुकको राजनीतिक ‘कोर्स’ कता जान्छ भन्ने निक्र्योल गर्नेछ। यसअघि नै नेकपाको विवाद समयमै टुंग्याउने रुचि नदेखाएर गतिरोधको जड बनेको आयोगले अब के गर्ला भन्ने विषय अहिलेको प्रमुख चासो बनेको छ। तर, नेकपाका दुवै समूहले गर्ने निर्णय र त्यसबाट विकसित परिदृष्य नहेरी आयोग कुनै निर्णयमा पुग्ने सम्भावना देखिइहालेको छैन।

कसको के मूड?
आइतबार साँझ बालुवाटारस्थित निवासमा आफूनिकट सांसदहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले केही अर्थपूर्ण संकेत गरे। आफूनिकट नेता र कार्यकर्ता सर्वोच्च अदालतको फैसलाबाट धेरै नै उत्साहित बनेको संकेत गर्दै ओलीले ‘फैसला आफूअनुकुल नआएकाले धेरै उत्साहित हुनु नपर्ने’ कुरा गरे र भने, ‘प्रचण्डजीले सरकारलाई दिएको विश्वास फिर्ता लिनुहुन्छ होला, त्यसो भए म एक महिनाभित्र विश्वासको मत लिन्छु।’

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री पहिलेजस्तो आत्मविश्वासी रुपमा प्रस्तुत भएनन्। त्यसक्रममा उनले ‘कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पार्न आफू फेरि लाग्ने’ समेत बताएका थिए। 

सर्वोच्चको फैसलापछि ओली आफूनिकटहरुले दबाब बढाए झैं एमाले ब्युताउँने प्रयासमै अघि बढ्छन् या एमाले–माओवादी एकतालाई अर्को रुपमा अघि बढाउन भन्ने प्रष्ट छैन। 

ओलीनिकट रहेका नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले नेपाल लाइभसँग भने, ‘सर्वोच्चको फैसलाको हामीले सम्मान गर्नुपर्छ, अब के गर्ने भन्नेबारे पूर्ववत दुवै पार्टीको बैठक बसेर निर्णय गर्छौं।’

फैसलालाई अनपेक्षित भनेको प्रचण्ड–माधव पक्षले फैसलालगत्तै कानुनविद्सँग यसबारे छलफल गरेको छ। छलफलमा सर्वोच्चको फैसला पुनरावलोकनका लागि जानेसम्मका कुरा उठेका छन्। छलफलपछि प्रचण्डले फैसला राजनीतिक प्रकृतिको जस्तो भएको र यसबारे अध्ययन गरेर निर्णय गर्ने बताएका छन्। 

प्रचण्ड–माधवपक्षीय नेता देव गुरुङले भने, ‘पूर्वएमाले र माओवादी ब्युँतिएर यथास्थानमा पुगे भन्न मिल्दैन, एकीकरणपछि तीन वर्षमा धेरै काम भएका छन्। नाम फेरिएला, तर एकीकरणका सबै अवयव मेटिन सक्दैनन्।’ 

एमाले र माओवादीबीचको एकीकरणबाट नेकपा गठन भएपछि त्यसबेला दुवै पार्टीका नेताहरुले ‘पछाडि फर्कने पुल भत्काइसकेको’ बताएका थिए। अब उनीहरु नदीमै हाम्फालेर पछाडि फर्कन तयार होलान्?
  

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २१:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
सम्बन्धित सामग्री
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पाल... सोमबार, फागुन १८, २०८२
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितक... सोमबार, फागुन १८, २०८२
निर्वाचन प्रचार-प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको गृहमन्त्री अर्यालको दाबी प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण मंगलबार, फागुन १९, २०८२
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज होली पर्व मनाइँदै मंगलबार, फागुन १९, २०८२
मौन अवधि सुरु : केके गर्न पाइँदैन ? मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्