• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले र माओवादी अरुले नै दर्ता गरिसकेका छन्, ओली-प्रचण्डले नयाँ दलका लागि निवेदन दिनुपर्छ : थपलिया

64x64
नेपाल लाइभ आइतबार, फागुन २३, २०७७  २१:१८
1140x725
फाइल तस्बिर।

काठमाडाैं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसकेकाले कानुन अनुसार अब खारेज नहुनेसमेत उनले बताएका छन्। साविक एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बनेको र त्यसपछि पूराना नाम अरुले नै दर्ता गरिसकेकाले अब खारेज गर्न नमिल्ने बताएका छन्। 

उनले अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलका लागि निवेदन दिनुपर्ने बताए। यद्यपि, दलको नामका विषयमा सबै ओली–प्रचण्ड र एमाले दर्ता गराएकी सन्ध्या तिवारी तथा माओवादी केन्द्र दर्ता गराएका गोपाल किरातीसँग छलफल गर्न सकिने बताए। 

‘हामीले यो बिचमा नेकपा एमाले र माओवादी केन्द्रको नाम अरुलाई दिएर दल दर्ता नै गरिसकेका छौं। यसरी दर्ता भएका दललाई चुनाव चिन्हसमेत दिइसकेका छौं। संविधान र कानुनले दर्ता भइसकेको दललाई खारेज गर्न मिल्दैन,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने। 

आइतबार सर्वाेच्च अदालतले ऋषिराम कट्टेलको रिटमा फैसला सुनाउँदै नेकपा उनकै नामको हुने बताएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैधानिकता नपाउने फैसला सुनाएको थियो।

 

Ncell 2
Ncell 2

नेकपाको नाम विवादबारे फैसला सुनाउँदै सर्वोच्चले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको एमाले र नेकपा माओवादी केन्द्र बीचको एकीकरणबाट गठन भएको नेकपाको अस्तित्व नरहने निर्णय सुनाएको हो। आइतबार भएको फैसलामा ती दुवै पार्टी अलगअलग राजनीतिक दलकै रुपमा रहने उल्लेख छ।

यस्तो अवस्थामा अब दल खोज्दै आउनेलाई नयाँ नाम र चिन्ह लिन सुझाव दिइने समेत प्रमुख आयुक्त थपलियाले बताएका छन्। ‘कि त उहाँहरु (ओली-प्रचण्ड) ले नयाँ नाम लिएर दल दर्ता गर्नुपर्‍याे। कि त ऋषिराम कट्टेलले नेकपा नाम लिएर कुनै एक्टिभिटी गर्नुभएको छैन त्यसैले तपाईसँग मिल्छौं भन्न सक्नुपर्‍यो। यसरी मिले उहाँहरुले नेकपा नाम पाउनु हुन्छ’, थपलियाले भने। 

नेकपा एकीरण भएपछि खाली रहेको नेकपा (एमाले) झापाकी पूर्वएमाले कार्यकर्ता सध्या तिवारीले दर्ता गराएकी थिइन्। निर्वाचन आयोगले भदौ ३ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको थियो।

त्यस्तै, माओवादी केन्द्र पार्टीको रुपमा पूर्वमाओवादी गोपाल किरातीले दल दर्ता गराएका छन्। किराँती तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट भएर अलग भएका थिए। 

यता, नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  दलको नाम अरु नै दर्ता गरेकाे छ भन्नु नै गलत भएकाे प्रतिक्रिया दिएका छन्। ‘नेकपाबाट एमाले र माओवादी केन्द्र कसैले दर्ता गरेको छैन। अरुले गरेको भए त्यो अलग्गै विषय हो। आजको फैसलासँग त्यो विषय जोडिदैन,’ उनले भने। 

नेकपा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपा नाम विवादबारे सर्वोच्च अदालतले सुनाएको फैसलाको सम्मान गर्ने बताएका छन्। उनले अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।

प्रतिनिधि सभाको आइतबारदेखि सुरु भएको हिउँदे अधिवेशनका लागि संघीय संसद भवन नयाँ बानेश्वर पुगेका प्रधानमन्त्री ओलीले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामी अदालतको फैसलाको सम्मान गर्छौं। अब यसलाई कार्यान्वयन गर्दै अघि बढ्छौं।’

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै
सम्बन्धित सामग्री
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट झापा-५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको... शनिबार, माघ ३, २०८२
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि आज पहिलो बैठक बस्न लागेको हो । शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला शनिबार, माघ ३, २०८२
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्